सुनसरीको इनरुवामा असोज २४ गते भएको घटनालाई साम्य पार्न र सामाजिक सद्भाव कायम गर्न अधिकारका क्षेत्रमा काम गर्नेहरुले अपिल गरेका छन् । संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै दुई दर्जन बढी संस्थाले प्रहरी हिरासतमा भएको मृत्युको घटना र परिघटनाको छुट्टा छुट्टै र संयुक्त रुपमा अध्ययन, अनुसन्धान र छानवीन गरि यथार्थ सार्वजनिक गर्दै दोषि पहिचान गरेर कार्वाही गरी कानुनी राज्यको अनुभुती गराउन जोडदार माग गर्दै सामाजिक सद्भावको लागि अपिल गरेका छन् ।
विज्ञप्तीमा घटनालाई लिएर कुनै किसिमका उच्छृखल र सामाजिक सदभावमा खलल पुग्ने कार्य नगरी, नगराई जातिय, धार्मिक र साम्प्रदायिकताको नारा नदिई संयमित भई सामाजिक सद्भाव कायम गर्न हार्दिक अपिल गरिएको छ । विज्ञप्तीमा भनिएको छ, नेपालको संविधान २०७२ को भाग–३ मा व्यवस्था गरिएको ३२ वटा मौलिक हक र नागरिक कर्तव्यको पालना गर्नु सबैको दायित्व हो । नागरिकले संविधानमा दिएको अधिकारलाई पूर्ण परिपालना गर्ने, गराउने उसको दायित्व पनि हो । तर २०७८ असोज २४ गते विहानको समयमा जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ५ का २५ वर्षिय मोहमद हकिम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा भएको मृत्यु पछिको घटनाले उत्पन्न भएको आन्दोलनले सृजना भएको घटनाक्रम प्रति हाम्रो ध्यानाकर्षण भएको छ । राज्यको हिरासतमा रहेको व्यक्तिको सुरक्षा दिन नसक्नु उसको कमजोरी भएको देखिन्छ । जे होस जुन घटना भएको छ त्यो कानुनी राज्यको उपहास भएको महसुस गराएको छ ।
हिरासतमा भएको मृत्युको घटनामा सुरक्षा प्रति ध्यान नदिएको देखिन्छ । उक्त घटनाको छानविनका लागि समिति समेत गठन भईसकेको हुँदा सो समितिले निष्पक्ष ढंगले छानविन गरी दोषीमाथी कार्वाही गर्न माग समेत गरिएको छ । साथै दुई परिबारको कुरा भएकाले त्यसमा कुनै पनि जातिय र धार्मिक रंग नदिन हार्दिक अपिल गर्दै सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम गर्नको लागि सबै पक्षमा हार्दिक आग्रह गरिएको छ
। विज्ञप्तीमा निधन भएका साह प्रति हार्दिक श्रदाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै पीडित परिवारहरुलाई समयमित भईदिन समेत आग्रह गरीएको छ ।
जिल्लामा कार्यरत्त संस्था गैरसरकारी संस्था महासंघ सुनसरीका मेघराज न्यौपाने, नागरिक संस्थाहरुको सल्लाहकार समूह सुनसरी, जनसेवा मेडिया प्रालि सुनसरीका ताविल अंसारी, ओरेक नेपाल सुनसरीकी शान्ती दनुवार, एलायन्स नेपाल सुनसरीका अध्यक्ष नईम अंसारी, साझेदारी नेपालका सोनी यादव, सामाजिक विकास केन्द्र सुनसरीका गंगाराम खत्वे, हाम्रो साझा अभियान सुनसरीका सविना सिग्देल, नारी साझा मञ्च सुनसरीका सरिता कार्की घिमिरे, प्रगति जागरण मञ्चका थिरा न्यौपाना सहितकाले विज्ञप्ती जारि गरेको छ । त्यसैगरी युचेप नेपालका रविन घिमिरे, सिक्सा सुनसरीका राम कोईराला, कोभिड १९ रयापीट रेस्पोन्स टीम सुनसरीका सचिव जयकृष्ण यादव, एम नेपाल सुनसरीका सोनीया खातुन चुन्नी, इनरुवा मधेसी नागरिक समाजका संयोजक जेके सहयोगी, मानव अधिकार सञ्जाल सुनसरीका हेमन्त पौडेल , मानव अधिकार समूह भोक्राहा नरसिंहका ममता उराँव , मानव अधिकार समूह कोशीका अनिता उराँव, सामाजिक जिवन केन्द्र सुनसरीका हजरत हुसेन, सुरसेर दैनिकका कार्यकारी सम्पादक टोमराज मेहता, सत्य संसार साप्ताहिकका सम्पादक विनायक यादव, नागरिक अभियान डटकमका विवेक मेहता, नेपाली मुस्लिम वेलफेयर सोसाईटीका सेराजुद्धिन मियाँ ,नेपाल स्काउट भोक्राहा नरसिंहका रमेश कुमार यादव लगायत रहेका थिए ।
Post Views: 261