सुनसरी । समुदाय र ब्याक्तिमा हिन्दू भाव जागरण गर्दै हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको देवानगंज गाउँपालिका स्तरीय समिति गठन भएको छ।
देवानगंज गाउँपालिका मा रहेको श्री कृष्ण मन्दिर परिसरमा बसेको बैठक बाट प्रशान्त भगतको संयोजकत्वमा समिति गठन भएको हो। त्यसै गरि सहः संयोजकमा गोपाल गुप्ता लगायत १७ सदस्य समिति गठन भएको हो।
नेपाल लाई पुनः हिन्दूराष्ट्र बनाउनु पर्ने मा जोड दिएका थिए। नितान्त सांस्कृतिक अभियानका रूपमा अघि बढ्दै हिन्दूराष्ट्रको धारणा र,सांस्कृति नै हिन्दुत्व नेपालको सांस्कृतिक पहिचान हो नेपाल हिन्दूराष्ट्र हुनुपर्ने लगायतका विचार समेत बक्ताहरुले राखेका थिए ।
स्थानिय बिनोद मेहता को आयोजना मा गरिएको कार्यक्रममा मा हिन्दू स्वयंसेवक संघ नेपाल देवानगंज गाउँपालिका का कार्यवाह नन्दकिशोर मेहता, हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियान प्रदेश नं १ बिराटनगरका पुर्णकालिक कार्यकर्ता रामेश्वर यादव लगायतले हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानका बारेमा आफ्ना भनाइ राखेका थिए ।
Post Views: 308