काठमाडौ । दसैंको समयमा खसी र घुस रकम मागेको आरोपमा एक प्रहरी निरीक्षक इन्स्पेक्टर माथि महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुसन्धान थालेको छ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्चार्ज इन्स्पेक्टर शंकर खड्काले आचरणबिपरीत क्रियाकलाप गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा गुनासो पुगेपछि आइजीपी शैलेश थापा क्षेत्रीले ट्राफिक प्रहरी महाशाखालाई छानविन गर्न निर्देशन दिएका छन्।
खड्कामाथि दशैं शुरु भएपछि कलंकी यातायात ब्यवसायी संघ र त्यस क्षेत्रका पेट्रोल पम्पका संचालकसँग पैसा र खसी मागेको आरोप लागेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले इन्स्पेक्टर शंकर खड्कामाथि आचरणबिपरीत क्रियाकलाप गरेको आरोपमा छानविन भइरहेको जनाएको छ।
Post Views: 246