क्यासिनो एजेन्टसँग एसपीको निवासमै भेटघाट

क्यासिनो एजेन्टसँग एसपीको निवासमै भेटघाट

 राष्ट्रिय डेली

 

विराटनगर । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक एसपी श्यामकृष्ण अधिकारीको क्यासिनोका नामुद एजेन्टहरूसँग उठबसको प्रमाण बाहिरिएको छ।

बाँके जिल्ला प्रमुख भएर पुगेको दुई महिना पनि नभई एसपी अधिकारी विवादैविादको थुप्रोमा उभिएका छन्। कोरोना महामारीमा पनि नेपालगञ्जमा मिनि क्यासिनोहरु निर्वाध सञ्चालन गर्न दिएर तिनका एजेन्टसँग कोसेली भेटमा रक्सी र मोबाइल लिने गरेको पाइएको हो।

क्यासिनो चलाउन दिएवापतको दैनिक कमिशन त बेग्लै छ।

बाँकेमा हाजिर भएको सुरुवाती दिनमा घुमुवालाई हटाएर राम्रो काम गरेको जस लिने खोजेका अधिकारी अहिले आफैं विवादित बन्न थालेपछि प्रहरी संगठनको चौतर्फी ओलोचना भएको छ।

एकपछि अर्को काण्डमा मुछिँदै आएका एसपी अधिकारीको नेपालगन्जमा रहेका मिनि क्यासिनोका एजेन्टहरुसँग निकटको उठबस पाइएको छ। उनले कार्यालयको क्वार्टरमै एजेन्टहरूसँग भेट गरेका हुन्।

तस्बिरमा नेपालगन्जको सोल्टी होटलमा रहेको ‘माजोङ’ मिनि क्यासिनोका एजेन्ट झापाको मेचीनगर–६ काँकडभिट्टाका सुजित तामाङसँग एसपी अधिकारी एउटै सोफामा बसेका छन्।

सोफा अगाडि रहेको टेबुलमा कालो प्लाष्टिकले बेरेको अवस्थामा ब्रान्डेड रक्सी र मोबाइल तिनै एजेन्टले लगेका हुन्। तामाङ पनि विवादित पात्र हुन्। विवादित पात्रलाई बोकेर एसपी अधिकारीले नेपालगन्जमा आफ्नो रबैया देखाउन थालेका छन्। उक्त मोबाइल नेपालगञ्जको चल्तीको मार्ट रोयल कर्णाली इलेक्ट्रो मार्टबाट खरिद गरिएको फेला परेको छ।

क्यासिनो एजेन्ट तामाङलाई मेन्सन गर्दै डम्बर खवासले उक्त फोटो गत ८ साउनमा फेसबुकमा राखेका थिए। बाँके गएको महिना दिन नबित्दै एसपी अधिकारीको तामाङसँग कसरी चिनजान भयो  पछिल्लो समय ठूला–ठूला क्यासिनोहरु बन्द भएपछि नेपालगन्जमा रहेको क्यासिनोमै उनीहरुबीच भेट भएर चिनजान भएको हुनसक्ने स्रोतको दावी छ।

तामाङ यस्तो व्यक्ति हुन् जो आफ्नो नजिक बनाउनको लागि कुनै कसर बाँकी राख्दैनन्। तामाङको झापामा आसाम टुर्स एण्ड ट्राभल छ। उक्त ट्राभलमार्फत उनले थुप्रै दुई नम्बरी कामहरु गर्ने गरेको समेत पाइएको छ।

 

नेपालको क्यासिनोहरुमा मात्र होइन, भारतीय क्यासिनोहरुमा समेत उनले जुवाडेहरु पठाउने गर्छन्। ‘माजोङ’ मिनि क्यासिनो भारतको सिक्किममा पनि छ। भारतको क्यासिनो सञ्चालक र नेपालगन्जका क्यासिनो सञ्चालक एउटै हुन्, विनोद श्रेष्ठ।

स्रोतका अनुसार श्रेष्ठको निर्देशनमा तामाङले जति पनि सिक्किम जाने जुवाडेहरुलाई आफ्नो ट्राभलमार्फत पठाउने गर्छन्। झापाको विमानस्थलबाट भारतीय गाडीमा राखेर जुवाडेहरुलाई सिक्किम पठाउने गर्छन तामाङ। ट्राभलमा उनले भारतीय रुपैयाँ सटही काउन्टर पनि राखेका छन्।

‘सिक्किम जाने जुवाडेको लागि तामाङले आफ्नै ट्राभलमा पैसा साँट्ने गर्छन्,’ उच्च स्रोतले भन्यो, ‘त्यसपछि आफ्नै ट्राभलको गाडीमा राखेर पैसा र मान्छेलाई भारत पठाउँछन्। त्यसो गर्दा नाकामा चेक समेत नहुने भएकाले तामाङले यसरी नेपालीहरुलाई जुवा खेल्न सिक्किम पठाउने गर्छन्।’

पछिल्लो समय एसपी अधिकारीको क्यासिनोका एजेन्टहरुसँग राम्रो उठबस रहे पनि प्रहरी प्रधान कार्यालय मौन छ। जिल्लाको प्रहरी प्रमुख विवादास्पद व्यक्तिसँग बसेर उठबस गर्नु, अझ उनीहरु बसेको टकलुमा रक्सीको बोत्तल र मोवाइल देखिनुले नेपालगन्जमा तस्कहरु मौलाएको बताइन्छ।

पैसा असुल्न पल्किएका एसपी अधिकारी बाँके गएपछि तस्करहरु मौलाएको एक प्रहरी अधिकृतले बताए। एसपी अधिकारीको जिम्मेवारीप्रति प्रहरी प्रधान कार्यालयले चासो नराखे पनि प्रदेश प्रहरी कार्यालयमा यसबारे खैलाबैला मच्चिएको छ।

कोरोना महामारीको कारण अधिकांश होटल, रेष्टुँरा, कलकारखाना, उद्योग, व्यवसायहरु बन्द रहेको बोला एसपी अधिकारीको मिलेमतोमा नेपालगन्जमा रहेका सबै क्यासिनोहरु खुलेआम सञ्चालन भएको प्रतिप्रश्न उठेको छ। एसपी अधिकारीले मोटो रकम लिएर क्यासिनो सञ्चालन गर्न दिएको आरोप छ।

अनलाइन न्युज७ डट कम बाट साभार

adv-single
सम्बन्धित समाचार

नेपाल र चीन प्राचीन ज्ञानको भूमि: प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानको भूमि भएको बताएका छन्। चीनको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दै भने, ‘नेपाल र चीन प्राचीन ज्ञानको भूमि हो।’...

सुनको मूल्यमा सामान्य वृद्धि

  विराटनगर। स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३ सयमा कारोबार भएको सुनको...

हेटौँडामा लडेर एक युवकको मृत्यु

    विराटनगर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ६ मा लडेर एक युवकको मृत्यु भएको छ। हेटौँडा–६ कल्यानटारका २८ वर्षीय उद्धव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मंगलबार साँझ आफ्नै घरको...

प्रकाशमानले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। यसअघि...

उपनिर्वाचन :मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ?

विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ। यसैगरी माओवादीले...

मोरङको ग्रामथाममा  नमोनारायण माझी विजयी

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन्। माझीले ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका बलराम सरदार थारू ५३३३ मतसहित दोस्रो भए। यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा...

१ हजार २ सयले घट्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार...

भेडेटारमा भिजी कलेजको एक दिने अभिमुखीकरण सम्पन्न

  विराटनगर । विराटनगर – ११ मा रहेको भिजी कलेजले बिबिए ,बिएसी र सिएसआइटीको नयाँ सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले कोशी प्रदेशको पर्यटकीय स्थल भेडेटारमा नयाँ संकायमा भर्ना भएका...

अर्किड कलेजलेद्वारा विज्ञान विषयका विद्यार्थीहरुलाई अवलोकन

  विराटनगर । विराटनगरको अर्किड कलेजले कक्षा ११ का विज्ञान तर्फका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएको छ । कलेजले कक्षा ११ मा विज्ञान विषयमा बायोलोजी अध्ययन गर्ने  २५० भन्दा बढि विद्यार्थीहरुलाई लेटाङको राजारानीमा अवलोकन भ्रमण गराएको...

शेयर बजारमा दोहोरो अंकले वृद्धि, बढ्यो कारोबार रकम

  विराटनगर । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३.४१ अंकले बढेर २,७१६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य...

मूल्य घटेपछि सुनको माग बढ्यो

विराटनगर । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ। सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु...

इजरायली राजदूत पुगे सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय

  विराटनगर। । नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमवार सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेका छन्। इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न...