विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा आज टेबुल गर्नुभएको छ । आज बसेको प्रदेश १ को संसद बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा आज टेबुल गर्नुभएको हो ।
कात्तिक ७ गते आईतबार बस्ने प्रदेश १ सभाको बैठकमा प्रस्ताव उपर छलफल हुने बताईएको छ । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र बिस्वासको मत लिनुपर्ने प्रबधान अनुसार आसोज २५ गते प्रस्ताव दर्ता गराउनुभएका मुख्यमन्त्री आचार्यले आज टेबुल गर्नुभएको हो ।
असोज २४ मा बसेको प्रदेशसभाको बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले २५ गतेका लागि अर्को बैठक तोक्नुभएको थियो । तर, फेरि सूचना टाँस गरेर कात्तिक ५ गतेका लागि सारिएको थियो । मुख्यमन्त्री आचार्यले दसैँंपछि मात्र विश्वासको मत लिने सार्वजनिक रुपमै बताएका थिए ।
गत असोज २४ मा बसेको प्रदेशसभाको बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले २५ गतेका लागि अर्को बैठक तोक्नुभएको थियो । फेरि सूचना टाँस गरेर कात्तिक ५ गतेका लागि सार्नुभयो । मुख्यमन्त्री आचार्यले दसैँंपछि मात्र विश्वासको मत लिने सार्वजनिक रुपमै बताउनुभएको थियो । प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले विश्वासको मतमा मतदानबारे कार्यव्यवस्थाको बैठकले तय गर्ने बताउनुभयो ।