विराटनगर । अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा कानुनी झमेलामा फसेका फसिरहेका छन् । मंगलबार अदालतले उनलाई २३ जुलाइसम्म पुलिस हिरासतमा पठाएको छ । राज कुन्द्रामाथि अश्लील फिल्म बनाउने र सार्वजनिक गर्ने गरेको आरोप छ । पछिल्लो समय अभिनेत्रीहरु शर्लिन चोपडा र पूनम पाण्डेको पनि राज कुन्द्रासँग सम्बन्ध भएको देखिएको छ ।
एक भारतीय मिडियाका अनुसार यो केसमा शर्लिन चोपडा र पुनम पाण्डेको नाम आरोपीको रुपमा आएको थियो । उनीहरुको बयान महाराष्ट्र साइबरले रेकर्ड गरेको थियो जुन बयानमा कथित रुपमा दुवैले राज कुन्द्राविरुद्ध आरोप लगाएका थिए । राज कुन्द्रालाई गत वर्ष अदालतले अन्तरिम जमानत दिएको थियो र जमानत आवेदनमा अन्तिम सुनुवाइ यो महिनाको अन्त्यमा हुने तय छ ।
भारतिय मिडियाका अनुसार शर्लिन चोपडाको राज कुन्द्राको फर्म आर्म्सप्राइम मिडियासँग सम्झौता थियो । सम्झौतामा भारतबाहिरका कम्पनीका केही एपको लागि अश्लील सामग्री उपलब्ध गराउने थियो । शर्लिन सेमी पोर्नोग्राफीको साथमा आफ्नो एप चलाउँथिन् । यो पार्ट टाइम काम त्यति राम्रो चलिरहेको थिएन । केही समयपछि शर्लिनलाई राज कुन्द्राले आफ्नो लागि उपयुक्त व्यक्तिको रुपमा फेला पारे । राजले शर्लिनलाई नाफाको ५० प्रतिशत दिने भनेका थिए । यो सम्झौतामा राजले स्वयं हस्ताक्षर गरेका थिए ।