खेलकुदले मान्छेका मन र मुटुलाई जोड्छ

खेलकुदले मान्छेका मन र मुटुलाई जोड्छ

 राष्ट्रिय डेली

आङ पासङ शेर्पा (लामा)
सल्लाहकार, नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)
नेपाली युरोपियन खेलकुद संघ (एनइएससी)ले आगामी नोभेम्वर ७ गते अष्ट्रियामा खुल्ला भलिबल प्रतियोगिता गर्दैछ । युरोपमा बस्ने नेपालीबीच भाइचारा अभिवृद्धि र स्वास्थ्य जीवनका लागि सचेतना जगाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको संघका सल्लाहकार  आङ पासङ शेर्पा (लामा) बताउनुहुन्छ । खेलकुदले मान्छेका मन र मुटुलाई जोड्ने शेर्पाको भनाइ छ । विगत एक दशकभन्दा लामो समयदेखि अष्ट्रियाको तिरोलमा पर्यटन व्यवसाय गरेर बस्नुहुने सल्लाहकार शेर्पा प्रतियोगितालाई लिएर सबैतिरबाट सकारात्मक प्रतिक्रिया आइरहेको बताउनु हुन्छ । संघको खेलकुदसँगै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको समेत प्रचारप्रसार गर्ने उद्देश्य रहेको बताउनु हुने सल्लाहकार शेर्पासँग प्रतियोगिताको तयारीलगायतका विषयमा गरिएको कुराकानीको सार :

नेपाली युरोपियन खेलकुद संघ (एनइएससी) ले आगामी नोभेम्बर ७ देखि गर्ने भलिबल प्रतियोगिताको तयारी कस्तो हुँदैछ ?
युरोपमा अहिलेसम्म कुनै पनि नेपालीले नगरेको काम हामीले एनइएससीमार्फत गर्दैछौं । त्यसका लागि तयारी भव्य भइरहेको छ । प्रतियोगितामा सहभागी हुने टिमको लगभग छिनोफानो भइसकेको छ । शिल्ड, प्रमाणपत्र, स्थान व्यवस्थापनको काम भइसकेको छ । संघका अध्यक्ष दिलकुमार घमालसहितका साथीहरूले यो प्रतियोगितालाई उत्सवका रुपमा सम्पन्न गर्न खटिरहनु भएको छ । केही छुटपुट भएका छन् भने त्यसलाई पनि पूर्णता दिने काम गरिरहेका छौं ।

यो प्रतियोगिता गर्नुको उद्देश्य के हो नि ?
यो प्रतियोगिताको सबैभन्दा ठूलो उद्देश्य भनेको भाइचारा अभिवृद्धि गर्ने र स्वास्थ्यप्रति आमनागरिकलाई सचेतना जगाउने हो । अहिले भाइचारा हराउँदै गएको छ । एउटा नेपालीसँग अर्को नेपाली नबोल्ने अवस्था छ । हाम्रो उद्देश्य भनेको सबै नेपालीलाई खेलकुदका माध्यमबाट एउटै सूत्रमा जोड्ने हो । अझ भनौं संघ एउटा धागो हो यो धागोले खेलकुदको सियोले नेपाली रुपी फूललाई जोडेर एउटै माला बनाउने हो । हाम्रो यो अभियान पनि हो ।

विदेशमा बस्ने नेपालीहरूमा पनि राजनीति हुन्छ भन्छन्, यसमा पनि होला नि त ?
तपाईंले सही कुरा उठाउनु भयो । अहिले हरेक क्षेत्रमा राजनीति हाबी भएको छ । विदेशमा बस्ने नेपालीहरू चारजना भए भने संस्था खोल्नै पर्ने र त्यहाँ राजनीति गर्नैपर्छ भन्ने सोचाइ छ । यसलाई चिर्नका लागि हामीले एनइएससी खोलेका हौं । यसमा आबद्ध हुन जात, धर्म, सम्प्रदाय, विचारभन्दा माथि हुनुपर्छ । यसमा हामी राजनीति हुन दिंदैनौं । तपाईंले भनेजस्तै गैरआवासीय नेपालीहरूमा राजनीति हुने गरेको छ । राजनीति नगर्ने व्यक्तिचाहिं संस्थामा आबद्ध नहुने । विचार आफ्नो ठाउँमा छ । तर, विदेशमा बस्ने अनि राजनीतिका नाममा नेपाली–नेपाली झगडा गर्ने र बोलचाल पनि नगर्ने अवस्था छ । यस्तो परिस्थितिलाई खेलकुदले मात्रै चिर्छ भन्ने हाम्रो ठम्याइ छ । यो संस्थामा राजनीतिको ‘र’ पनि हुन दिंदैनौं ।

एनइएससी स्थापना गरेर भलिबल प्रतियोगिता गर्ने कसरी योजना आयो ?
संघ गठन गर्ने दिलकुमार दाइको ठूलो योगदान छ । उहाँले धेरै नै मेहनत गर्नु भएको छ । हामीले पनि सहयोग गरिरहेका छौं । एक अर्कालाई जोड्ने भनेको खेलकुदले नै हो । राजनीतिले मान्छेका मन र मुटुलाई विभाजित गर्छ । तर, खेलकुदले विभाजित मन र मुटुलाई जोड्छ । त्यही भएर पनि युरोपमा विभाजित नेपालीका मन र मुटुलाई खेलकुदबाट जोड्न सकिन्छ भन्ने उद्देश्यले संघ गठन गरेर भलिबल प्रतियोगिता गर्न लागेका हौं ।

तपाईंहरू सबै व्यस्त हुनुहुन्छ, यति ठूलो प्रतियोगिता गर्न लाग्नु भएको छ, युरोपमा बस्ने नेपालीहरूको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
एनइएससी गठन भएको धेरै समय भएको छैन । यो संघप्रतिको आकर्षण बढेर गएको छ । प्रतियोगितालाई सफल बनाउन धेरैतिरबाट चासो व्यक्त भएको पाएका छौं । आफ्नो इच्छा र क्षमताअनुसार डोनेसन पनि गरिरहनु भएको छ । सबैतिरबाट राम्रो प्र्रतिक्रिया पाइरहेका छौं । यसले हामीलाई थप ऊर्जा प्राप्त भइरहेको छ ।

अनि त्यहाँका स्थानीय अर्थात् अष्ट्रियाका नागरिकले कस्तो रेस्पोन्स दिइरहेका छन् ?
अष्ट्रियामा ९ वटा प्रान्त छन् । त्यसमध्येको तिरोल एउटा हो । त्यसको राजधानी इन्स्ब्रुक हो । तिरोलको क्षेत्रफल करिब १३ हजार वर्गकिलोमिटर रहेको छ । तर, त्यहाँ हरेक वर्ष ५ करोडभन्दा बढी पर्यटक आउँछन् । गाउँ नै पिच्छे होटल र रेष्टुरेन्टहरू छन् । यो प्रान्तमा हिमालै हिमाल छन् । जसले गर्दा नेपालमा पनि हिमाल भएकाले यहाँका स्थानीयले नेपालीलाई धेरै नै माया गर्छन् । नेपाली भनेपछि इज्जत मात्रै होइन सत्कार पनि गर्छन् । हामीले कुनै कार्यक्रम गर्दा यहाँका स्थानीयले आफ्नै कार्यक्रमजस्तो गर्छन् । उनीहरूले सहयोग पनि गर्छन् । उनीहरूले नेपालीलाई आफ्नै दाजुभाइ र दिदीबहिनीका रुपमा लिन्छन् । त्यसो भएकाले यो प्रतियोगितालाई उनीहरूले अत्यनै सकारात्मक रुपमा लिएका छन् । अर्को कुरा यहाँका नागरिकमा एस र नो मा एन्सर हुन्छ । राम्रो कुरालाई उनीहरूले तुरुन्तै एस भन्छन् र नराम्रो कुरा छ भने तुरुन्तै नो भन्छन् ।

तपाईंहरूले खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्य चाहिं राख्नु भयो, तर नेपाली कला र संस्कृतिको प्रचारप्रसारमा चाहिं ध्यान दिनु भएको छैन ?
खेलकुदजस्तै भाषा, साहित्य, कला र संस्कृतिले मान्छेका मनलाई जोड्छ । हामीले नेपाली कला र संस्कृतिलाई पनि प्राथमिकतामा राख्नेछौं । यसपटकको प्रतियोगितामा सांस्कृतिक नृत्य र झाँकी प्रस्तुत गर्न नसके पनि नेपाली झण्डा फहराउनेछौं । यो पनि नेपालको पहिचानलाई विदेशमा फैलाउने काम हो भन्ने हामीलाई लागेको छ । पहिलो पटक भएकाले यसपटकको प्रतियोगितामा नेपाली सांस्कृतिक नृत्य र कला प्रस्तुत नभए पनि आगामी दिनमा प्रस्तुत गर्नेछौं ।

 

adv-single
सम्बन्धित समाचार

गीतकार प्रमिला बस्नेतको 'सधैं देख्ने सपनाको' सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

काेशीका मुख्यमन्त्री कार्कीविरूद्धकाे संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७०...

सांसद हसिना खानले लिइन् शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका...

एकीकृत समाजवादीले कोशी प्रदेशमा मुख्यमन्त्री मागेको छैन : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने...

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको मध्यम लक्ष्य

विराटनगर । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ...