बाढीपीडितको घरमा कांग्रेस केन्द्रीय सदस्य अर्याल

बाढीपीडितको घरमा कांग्रेस केन्द्रीय सदस्य अर्याल

 राष्ट्रिय डेली

विराटनगर । राजनीतिलाई सेवाका रुपमा लिने गरिन्छ । तर नेपालमा पछिल्लो समय राजनीतिलाई पेशा र व्यवसायका रुपमा अंगिकार गर्नेहरू पनि प्रशस्तै भेटिन्छन् । उनीहरूले राजनीतिमा लागेर अर्बौं धनसम्पत्ति जोडेका प्रशस्तै उदाहरण छन् ।

तर, राजनीति गर्नेहरू यस्ता पनि छन् जसले सम्पूर्ण धनसम्पत्ति सकाएका छन् । परिवारका सबै सदस्य राजनीतिमा लाग्दा आम्दानीको अभावमा आर्थिक संकट व्यहोर्न बाध्य राजनीतिकर्मी पनि हाम्रै वरिपरि भेटिन्छन् ।

चुनाव जितेर गएपछि एकपटक पनि जनताको अगाडि मुख नदेखाउनेहरू पनि राजनीतिमै छन् । तर चुनाव हारेर पनि जनताको बीचमै सधैं हुनेहरू पनि छन् राजनीतिमा । यस्तै मध्येका एक नेता हुन् मोरङ क्षेत्र ५ बाट थोरै मतले पराजित भएका अमृत अर्याल ।

जो चुनाव हारेर पनि जनताकै घरदैलोमा भेटिन्छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका अर्याल यतिबेला बाढीपीडितको घरघर पुगेर राहत वितरण गरिरहेका छन् । यसले बाढीपीडितमा नेताहरूप्रतिको आशा र भरोसा जागृत भइरहेको छ ।

राजनीति भनेको समाजसेवा हो, यसमा आफ्नोभन्दा पनि जनताको हितमा ध्यान दिनुपर्छ, उनी भन्छन्, ‘थोरै भए पनि जनताको घाउमा मल्हम लगाउने काम गरिरहेको छु ।’

बाढी आएको बेला पनि खाली खुट्टामा हाफपेन्ट लगाएर बाढीपीडितको घरघरमा पुगेका थिए उनी । अमृत दाइ हाम्रो अभिभावक नै हुनुहुन्छ, किनभने हरेक समस्यामा हामीलाई साथ र सहयोग गर्नुहुन्छ, जहदाका शंकर यादव भन्छन्, ‘उहाँ पार्टीगत विचारभन्दा माथि उठेर जनताको सेवामा समर्पित हुनुहुन्छ । एकपटक भेटेको व्यक्तिलाई नामैले चिन्नु हुन्छ ।’

त्यसो त अर्यालले कोभिडको संक्रमणका बेला पनि मोरङका विभिन्न पालिकामा आफ्नै पहलमा स्वास्थ्य सामग्री वितरण गरेका थिए ।

 

adv-single
सम्बन्धित समाचार

सार्वजनिक जग्गा संरक्षणमा लाग्न जिल्ला प्रशासनहरूलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्रबार पुनः निर्देशन दिएका...

बर्दिवासलाई पराजित गर्दै एपीएफ मिल्स गोल्डकपको सेमिफाइनलमा

  विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल ९एपीएफ० पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद...

गीतकार प्रमिला बस्नेतको 'सधैं देख्ने सपनाको' सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

काेशीका मुख्यमन्त्री कार्कीविरूद्धकाे संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७०...

सांसद हसिना खानले लिइन् शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका...

एकीकृत समाजवादीले कोशी प्रदेशमा मुख्यमन्त्री मागेको छैन : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने...

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...