शिव प्रसाद लुइँटेल
उदयपुर । बेलका नगरपालिका – ४ स्थित जनता नमुना माध्यमिक विद्यालय विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ । जनता नमुना माध्यमिक विद्यालय गुरुङ चौरीले विद्यार्थीलाई सहज होस् भनेर पुनः एक थान स्कुलबस थपेको छ । एउटा बस थपेसँगै विद्यालयमा बसको संख्या दुई पुगेको छ ।
टाढाबाट विद्यार्थी पढ्न आउने र एउटा बसले धान्न नसक्ने अवस्था भएको हुँदा बस थपिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मनोज तामाङ्गले बताए ।
सामुदायिक विद्यालयमा उदयपुरकै पहिलो स्कुल बस सुचारु गर्ने विद्यालय भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय नचुक्ने अध्यक्ष तामाङ्गले बताए । सिभिल इन्जिनियरिङमा बिशेष जोड दिएको उक्त विद्यालयमा हाल सिभिल इन्जिनियरिङ कक्षा ९ मा २८ र कक्षा १० मा ४४ जना विद्यार्थी अध्यनरत छन् ।
हाल ११ सय १६ विद्यार्थी अध्यनरत रहेको उक्त विद्यालयले २५ सय विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ ।
Post Views: 0