सुनसरी । असोज २४ गते जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका थुनुवाको आत्महत्या घटनाको अनुसन्धानका लागि आएको गृह मन्त्रालयको अध्ययन तथा छानबिन समिति टोली घटनाको छानबिन पछी फर्किएको छ ।
गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा बनेको छानबिन समितिले इनरुवा आएर दुई दिन घटनाको छानबिन गरेको थियो ।
छानबिन समितिमा गौतमसहित प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक प्रविण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम इनरुवा आएका थिए ।
छानबिन समितिले हिरासत भित्र कसरी थुनुवाले आत्महत्या गर्न सम्भवत भयो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जय सिंह थापा, डीएसपी नरेन्द्र कार्कीसँग बयान लिएको थियो । घटना हुदाँका डिउटी अफिसर, सेन्ट्री कमान्डर र सेन्ट्रीहरु माथि पनी छानबिन समितिले छानबिन गरेको थियो । ।
छानबिन समितिले प्रहरी बाहेक हिरासतमा रहेका केही थुनुवाहरुसँग पनि सोधपुछ गरेको थियो । समितिले घटना हुदाको सिसिटिभी फुटेजको समेत अध्ययन गरेको छ ।
गत असोज २४ गते अभद्र व्यवहारको कसुरमा भोक्राहा ५ का २५ वर्षीय मोहम्मद हकिम साह हिरासत भित्रै पासो लागिरहेको अवस्थामा भेटिएका थिए । छानबिन समितिले प्रतिवेदन सार्वजनिक भने गरेको छैन् ।
Post Views: 2