विराटनगर ।अनेरास्ववियु महानगर कमिटी विराटनगरले जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसमा विराटनगरका ३ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
विजया दशमी, शुभ दिपावली र छैठ पर्वको शुभकामना आदानप्रदानसँगै जेष्ठ नागरिकलाई सम्मान गरिएको अनेरास्ववियु महेन्द्र मोरङ सचिव केशव भण्डारीले जानकारी दिए ।
कार्यक्रमा नेकपा (एमाले) केन्द्रिय सदस्य तथा मोरङ्ग इन्चार्ज बिनोद ढकाल, नेपाल खेलकुद महासंघ केन्द्रिय अध्यक्ष पर्सुराम बस्नेत, अनेरास्ववियु केन्द्रिय उपमहासचिव भाष्कर खनाल, अनेरास्ववियु महानगर इन्चार्ज केन्द्रीय सचिवालय सदस्य आरती भट्टराई, अनेरास्ववियु प्रदेश १ अध्यक्ष गोकर्ण घिमिरे, प्रदेश सदस्य जोसेफ घिमिरे, जिल्ला सह–सचिव सागर थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम बिराट महेन्द्र रात्री माध्यमिक विद्यालयमा भएको थियो ।
Post Views: 0