उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ मा मोटरसाइकल र अटो एकआपसमा ठोक्किदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान सहित तिन घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार स १ ह २०७६ नम्बरको अटोलाई प्र–१–०५–००१ प २१८६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका १२ की ४५ वर्षीया की तुलसा श्रेष्ठको मृत्यु भएको हो ।
उनका श्रीमान दिलीप श्रेष्ठ घाइते भएका छन् । अटोमा सवार रहेका त्रियुगा नगरपालिका ३ का ५० वर्षीय पुनासरी बिक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै, अटोमा रहेका गोपाल बराइलीका छोरा १५ वर्षीय मनिष बराइली घाइते भएका छन् । घाइतेहरूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।