विराटनगर । बेलायतको ट्राभल गाइड बुकले पर्यटकीय गन्तव्यका लागि विश्वका १० सुन्दर देशहरुको सुची प्रकाशित गरेको छ। भ्रमणका लागि नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतको रफ गाइडले प्रकाशित गरेको विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको हो । सन् २०१६ देखि नै लगातार नेपाल पहिलो रहँदै आएको छ ।

कोभिड संक्रमणको अवस्थामापनि नेपाल नै पहिलो गन्तव्य रहेको भन्दै गाईडले नेपाल भ्रमण गर्न योग्य सुन्दर देश भनेको भनेर उल्लेख गरेका थिए । रफ गाईडले नेपालको ट्रेकिङ रुट, होम स्टे तथा विभिन्न सांस्कृतिक क्षेत्रलाई पर्यटकीय आकर्षणको मुख्य केन्द्र भनेको छ ।

विभिन्न हिम श्रृँखला, जंगली जनावर तथा विविधताले भरिपूर्ण नेपाली जंगलहरुलाई पर्यटनका लागि उत्कृष्ट रहेको बताईएको छ । रफ गाइडको १० देशको सूचीमा नेपाल पहिलो, कोलम्बियालाई दोस्रो नम्बरमा राखिएको छ ।

क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा श्रीलंका दशौं नम्बरमा परे पनि भारतलाई भने १० औ सुचिमा अटाउन सकिएको छैन ।
