विराटनगर । विराटनगरको हिमालय दर्शन कलेजमा वि.एच.एम कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाइ पाठ्यक्रम अनुसार ५ तारे होटलमा इन्टनसीपका लागि पठाउन सहजिकरण हुने गरि बसुन्धरा काठमाडौमा अवस्थित मुसासी इन्टरनेशनल इन्सिच्युट प्रा.ली संग एक कार्यक्रमको आयोजनाका बिच सम्झौता गरिएको छ ।
कलेजमा अध्यनरत विद्यार्थिहरुलाइ मुसासीले ग्लोवल चेन होटलमा इन्टनसीपको लागि सहजिकरण गर्ने भएको हो । सम्झौतामा मुसासीका तर्फबाट महाप्रबन्धक गजेन्द्र शर्मा र निर्देशक सन्तोष पौडेल तथा कलेजका तर्फबाट क्याम्पस प्रमुख भरत सापकोटा र निर्देशक भेषराज पोखरेलले संयुक्त हस्ताक्षर गरेका थिए ।
साथै कार्यक्रमकै विच हिल्टन होटल बेहान चिनका म्यानेजर गजेन्द्र शर्माले विद्यार्थीहरुलाइ होटल म्यानेजमेन्ट इन्टनसीप सम्बन्धि उत्प्रेरणा कक्षा समेत दिएका थिए ।
Post Views: 0