काठमाडौ । आजदेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) २०२२० हुँदै छ। सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च, विविधिताको उत्सव भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सव आज शुक्रबार दिउँसो २ बजे थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा भव्य रूपमा उद्घाटन गरिँदै छ।
भारतका सुप्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आतिथ्यमा निटफेस्ट २०२२ को दोस्रो संस्करण सुरु हुन लागेको हो। त्यस्तै उदघाटन समारोहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, विभिन्न लगायतले कलाप्रेमीहरु माझ सम्बोधन गर्नेछन्।
Post Views: 0