विराटनगर। नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव२०७९ निटफेस्ट २०२२ को तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रुसका गरी तीन नाटक मञ्चन हुँदैछन् ।
भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेक निर्देशित ‘थ्री कन्ट्रीः वन मोदर’ मध्यान्ह १२ र दिउँसो ४ बजे मण्डला नाटकघरमा मञ्चन हुँदैछ । अंग्रेजी भाषामा रहेको यो नाटकलाई नीमा बल, क्याटी बेक र बेन्जामिन रेक्सरोडले लेखेका हुन् । यो प्रयोगात्मक र एकल नाटक हो ।
यो नाटकले सन् १९९० देखि २००० सम्म आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपछि शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास र संस्कृतिबारे बताउँछ । नाटक, तामाङ समुदायकी नीमा बलको परिवारको सत्य घटनामा आधारित छ, जुन समुदाय भुटानी–नेपाली आदिवासी जनजाति समुदाय पनि हो ।
त्यस्तै दिउँसो २ र साँझ ६ बजे रुसको लोक शैलीको नाटक ‘द म्याजिक स्वान गिज मण्डला स्टुडियोमा मञ्चन हुँदैछ । कोन्द्रातोएभा क्रिस्टिनाले लेखेको नाटकलाई सुखोरुकोभा तातियानाले निर्देशन गरेका छन् ।
Post Views: 1