विराटनगर । फिफा विश्व कप फुटबलमा आज दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूहु जी को क्यामरुन र सर्बिया खेल्नेछन् । यो खेल अल जानौबी स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । दोस्रो खेल अन्तर्गत समूह एच को अर्को खेलमा दक्षिण कोरिया र घाना बेलुका पौने सात बजे खेल्ने छन् । खेल एजुकेशन सिटी स्टेडियममा हुने छ ।
आजै हुने तेस्रो खेलमा समूह जी का ब्राजिल र स्विट्जरल्यान्ड राति पौने १० बजे खेल्दैछन् । ब्राजिल र स्विट्जरल्यान्ड आज दोस्रो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २–० गोलले पराजित गरेको थियो ।
स्विट्जरल्यान्डले भने क्यामरुनलाई पराजित गरेको थियो । त्यस्तै चौथो खेलमा पोर्चुगलले उरुग्वेसँग खेल्ने छ ।