विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी नायब उपरीक्षक राजकुमार राई र प्रहरी निरीक्षक मिलन थापालाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
विभागीय मुल्य,मान्यता, आदेश,निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गर्ने उनिहरुलाई प्रदेश प्रहरी कार्यालय बिराटनगरले सम्पादित कार्यको उच्च मुल्याङकन गर्दै “महिनाको सर्वोत्कृष्ट प्रहरी” ले पुरस्कृत गरेको हो ।
पुरस्कृत भएका प्रहरी नायब उपरीक्षक राज कुमार राई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत रही अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेका छन भने प्रहरी निरीक्षक थापा इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा कार्यरत रही दमक १० बस्ने १५ वर्षीय दियुष श्रेष्ठ र उर्लाबारी ८ का ४२ वर्षीय काजी दर्जीलाई धारिलो हतियार प्रहार गरी मृत्यु भएको छुट्टा छुट्टै घटनाहरूमा अभियुक्तहरूको पहिचान तथा पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भएकोले कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।