विराटनगर । धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानहरूमा अवैध रूपमा लगाएको ३८ हजार बढी गाँजाको बोटहरू प्रहरीले नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरतग अवैध रूपमा लगाएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान अनुसार धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले गाँजा नष्ट गरेको छ ।
जिल्लाको सहिदभूमी गाउँपालिकाका विभिन्न इलाकाहरूका १७ रोपनी क्षेत्रफलमा २४ हजार चार सय गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको हो ।
यसैगरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका विभिन्न इलाकाहरूको करिब १८ रोपनी पाखा बारीमा लगाएको १४ हजार एक सय गाँजाको बोट फडानी गरी नष्ट गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।