विराटनगर ÷ नेपाली कांग्रेस प्रदेश–१ को सभापतिमा डा. शेखर कोइराला पक्षका गुरुराज घिमिरे र कृष्ण सिटौला निकट उद्वव थापा उम्मेदवार बन्ने भएका छन् ।
बिहीबार विराटनगरमा दिनभरको छलफलपछि दुवै पक्षका नेताहरूले आ–आफ्नो पक्षका उम्मेदवार टुंगो लगाएका हुन् । नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा कृष्णप्रसाद सिटौला समूहका थापालाई संस्थापन पक्षको सहयोगमा उम्मेदवार उठाउने र कोइराला–पौडेल समूहले घिमिरेलाई प्रदेश सभापतिको उम्मेदवार उठाउने निर्णय गरेको दुवै पक्षका नेताहरूले जानकारी गराएका छन् ।
यसअघि प्रदेश–१ को सभापतिमा कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला, नेता भीष्मराज आङदाम्वे, रामहरि खतिवडालगायतका नेताहरूको नाम चर्चामा थियो ।
Post Views: 8