राप्रपाको महामन्त्रीमा नायिका रेखा थापाको उम्मेदवारी

राप्रपाको महामन्त्रीमा नायिका रेखा थापाको उम्मेदवारी

 राष्ट्रिय डेली

काठमाडौं ÷ राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापा पनि महामन्त्री लड्ने भएकी छन् ।
बुधबारदेखि सुरु भएको महाधिवेशनमा राजेन्द्र लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार बन्न लागेको थापाले बताइन् । उनी नेपाली चलचित्रको नाम चलेकी नायिका हुन् । राजनीतिमा लागेपछि भने चलचित्र क्षेत्रमा मोरङको विराटचोक घर भएकी नायिका थापाको उपस्थिति कमजोर बनेको छ ।

यसैबीच, अध्यक्षका उम्मेदवार कमल थापा र राजेन्द्र लिङ्देनले आ–आफ्नो प्यानल बनाएका छन् । राप्रपा अध्यक्ष कमल थापाले जारी महाधिवेशनबाट पुनः नेतृत्व हत्याउन आफ्नो प्यानल बनाएका हुन् । १९ वर्षदेखि पार्टी अध्यक्ष रहनु भएका थापाले अध्यक्ष पदलाई निरन्तरता दिन पशुपति शमशेर जबरासँग मिलेर टिम बनाएको थापा प्यानलबाट चुनाव लड्न लागेको बताइएको छ । अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र लिङ्देनसँग चुनावी भिडन्त गर्न थापाले वुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान उपाध्यक्ष पदमा चुनाव लडाउने भएका छन् ।

थापा निकट एक नेताकाअनुसार पाण्डे र प्रधान अर्का पार्टी अध्यक्ष जबरा कोटाबाट उपाध्यक्षका उम्मेदवार बन्नु भएको हो । यस्तै महामन्त्रीमा भुवन पाठक, भाष्कर भद्रा र कुन्ती कुमारी शाही उम्मेदवार बन्ने निश्चित भएको छ । शाही प्रत्यक्ष चुनाव लड्ने थापा समूहबाट एकमात्र महिला उमेदवार हुन् । यता अर्का उमेदवार राजेन्द्र लिङ्देनले पनि आफ्नो प्यानल बनाएका छन् । उनको प्यानलबाट उपाध्यक्षमा पार्टीका पूर्व उपाध्यक्ष दिलविकास राजभण्डारी, पूर्वमन्त्री तथा पूर्व उपाध्यक्ष विक्रम पाण्डे र सर्लाहीका नेता रामचन्द्र राय उपाध्यक्ष लड्ने भएका छन् । महिला उपाध्यक्षमा संविधानसभा सदस्य लिला श्रेष्ठ चुनावी मैदानमा उत्रिएकी छन् । यस्तै लिङ्देनको प्यानलबाट महामन्त्रीमा पूर्व महामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले निर्वाचन लड्ने निश्चित भएको छ ।

adv-single
सम्बन्धित समाचार

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको मध्यम लक्ष्य

विराटनगर । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ...

८ ओभरमा सीमित खेलमा नेपालविरूद्ध ब्याटिङ गर्दै साउदी अरेबिया

काठमाडौँ । एससिी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएपछि आठ ओभरमा झारिएको छ । भर्खरै सुरू भएको खेलमा टस हारेर साउदी अरेबिया ब्याटिङमा उत्रिएको छ । समूह ‘ए’ मा...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, ४ काे अवस्था गम्भीर

दाङ । दाङबाट रूकुमका लागि हिँडेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका-२, ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नम्बरको बस बागचौर-२, ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश...

लागुऔषध मुद्दामा पक्राउ परे एन्फा उपाध्यक्ष लामा

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरूपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं...

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार...

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, माग पूरा नभए काम ठप्प पार्ने चेतावनी

विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक...