लामो समयदेखि विद्यार्थी राजनीतिबाट सक्रिय हुँदै आएर पार्टीको नेतृत्वमा बसेर काम गरिरहेका सुयर्मा राईले प्रदेश महाधिवेशनमा सह‒महामन्त्रीमा उमेद्वारी दिएका छन् । प्रदेश सांसद समेत रहेका उनले नेपाली कांग्रेसमा रूपान्तरणको विषय आवाज उठाईरहेका छन् । कांग्रेसलाई युवा पुस्ताको खाँचो छ । अब युवाहरूले कांग्रेको नेतृत्व तहमा अवसर पाउनुपर्छ भन्ने आवाज उठाउने उनै राईसँग प्रदेश महाधिवेशनमा सह‒महामन्त्रीमा उमेद्वारी किन ? लगायत विषयमा राष्ट्रिय डेलीले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।
तपाईँको राजनीति कहिलेबाट सुरु भयो ?
मेरो पारिवारिक पृष्टभुमि पनि रानजनीति नै हो । मेरा दाजुहरूले पनि कलेज पढ्दा नेबिसङ्घबाट राजनीति गर्नुहुन्थ्यो । पछि उहाँहरू सक्रिय रूपमा राजनीतिमा लाग्नु भएन । म कान्छो छोरो भएका कारणले त्यसको प्रेरणा मलाई प्राप्त भयो । जब म २०५१∕५२ तिर कलेज भर्ना भएँ । त्यसपछि इकाइ कमिटिमा बसेर मैले मेरो राजनीति यात्रा सुरु गरेको हुँ । र निरन्तर अहिलेसम्म लागिरहेको छु ।
नेपाली कांग्रेसको प्रदेश महाधिवेशनमा सह‒महामन्त्रीमा तपाईँको उमेद्वारी किन ?
म लामो समयदेखि विद्यार्थी राजनीतिबाट सक्रिय हुँदै आएर पार्टीको नेतृत्वमा बसेर काम गरेको पनि झण्डै अढाई दशक भइसक्यो । खासगरी अहिले नेपालि कांग्रेसमा रूपान्तरणको विषय जल्दोबल्दो रूपमा उठिरहेको छ । रूपान्तरण भनेको के हो त भने, कांग्रेसको बिचारलाई जनतासम्म लैजाने र समग्र मुलुकको समृद्धिसँग जोड्ने एउटा जटिल विषय छ । कांग्रेस जसरी चलिरहेको छ त्यसलाई नयाँ ढङ्गबाट, नया सोचबाट पार्टीलाई अगाडी बढाउनुपर्ने चुनौती छ । सँगै संघिय लोकतान्त्रिक गणतान्त्रिकको हामी जुन अभ्यासमा छौं, अभ्यासलाई जवरजस्ति स्थापित गर्नुपर्ने अविभारा पनि आइलागेको छ । यी सबै दृष्टिकोणबाट हेर्दाखेरी नेपाली कांग्रेसमा हामी जस्तो नया सोच र दृष्टिकोण बोकेर आउने युवाहरू खासगरी रूपान्तरणको पक्षमा उभिएर मुलुको सम्बृद्धि र पार्टीको लामो आयु सैद्धान्तिक बैचारिक बहसको घनिभुत स्थापना गर्ने एउटा अभिभारा अहिले आएको छ । त्यो अभिभारालाई बोक्न सक्छु भन्ने हिम्मत छ । सैद्धान्तिक, बैचारिक दृष्टिकोणबाट नै पुर्ण रूपले तयारी भएका कारणले अहिले यो महाधिवेशनमा मैले प्रदेश सह‒महामन्त्रीमा उमेद्वारी दिएको हुँ ।
नेपाली कांग्रेसमा अहिले गुट उप‒गुट स्थानिय तहमै देखिएको छ रु यसलाई हटाउन तपाईँ कस्तो भुमिका रहन्छ ?
विगतको पृष्ठभुमिलाई हेर्ने हो भने खासगरी बैचारिक विषयसँग लिएर यसलाई जोड्ने गरिन्थ्यो । अहिले आएर के भएको छ भने व्यक्तिसँग जोडिने एउटा गलत परम्पराको अन्त्य भएको छ । म जहिले पनि विचारलाई प्राथमिकता दिने, सिद्धान्त र दर्शनको जगमा टेकिएर आफ्ना राजनीतिक सामाजिक गतिविधि अगाडी बढाउने र कांग्रेसको विचारलाई अगाडी बढाउने व्यक्ति भएका कारणले मैले सँधै पनि आफ्नो। भुमिका निर्वाह गर्दैगर्दा खेरी वडादेखि जिल्ला तहसम्म मैले खेलेको भुमिकाहरूमा सँधै म सबैलाई स्थान र अवसर भन्ने एउटा दृष्टिकोणबाट सबैको सम्मान र सबैको अवसरलाई समेट्दै हिड्ने मान्छे भएका कारण मैले गरेका कामहरू जो छन् पार्टीभित्र समन्वयकारी भुमिका र सबैलाई समेटेर लैजाने सक्ने सोच र दृष्टिकोणबाट गुज्रिएको मान्छे भएका कारणले भोली मैले सह‒महामन्त्रीमा जित्दै गर्दाखेरी पक्कै पनि यो मेरो छवी, सोच र दृष्टिकोण छ त्यसले कांग्रेसलाई गुट, उप‒गुटसँग नभएर बिचारसँगको फरकपनलाई बहसको रूपमा लैजाने त्यो ढङ्गको अभ्यास रूपमा लैजाने र व्यक्तिगत गुट, उप‒गुटको अन्त्य हुने कुरामा मेरो भुमिका रहन्छ ।
प्रदेश संसदको भुमिकामा रँहदै गर्दा तपाईँले कांग्रेसका लागि खेल्नु भएको महत्वपुर्ण भुमिका के‒के हुन?
म प्रदेश सांसद भएका कारणले मैले दुई वटा कुरालाई विशेष गरि ध्यान दिनुपर्ने हुन्छ । एउटा चाँही जनताका आवाजलाई नागरिकको हक अधिकार र उनीहरूका सेवा सुविधा र अवसरहरू अथवा समृद्धिको सवालमा मैले कुरा उठाउनु हो । त्यो सवालमा म ९३ जना सांसद मध्ये टप ३ मा नै पर्छु जस्तो लाग्छ । मैले जनमुखि कुराहरू, नागरिकका अधिकारका विषयलाई जोडतोडका साथ उठाइरहेको छु । यसले पनि कांग्रेसको एजेण्डा र विचारलाई महुआयामबाट अगाडी बढाउने कुरामा सहयोग पुगे जस्तो लाग्छ । सँगै मैले कांग्रेसले लिएका एजेण्डाहरू, दार्शनिक सैद्धान्तिक मुद्धाहरू, जसले राष्ट्र र समाजका पक्षमा छ, आम नागरिकको हितमा छ, त्यो सवालमा पनि मैले जोडतोडका साथ कुरा उठाएको छु । हिजोका दिनमा बहुमतको सरकार नेकपाले चलाउँदै गर्दा खेरी समग्र संविधानमाथि खेलवाड गर्दै गर्दा खेरि यो सम्पुर्ण उपलब्धिहरू जो संघिय व्यवस्थालगायत गणतान्त्रत्मक समानुपातिक, समावेशी जस्ता जुन जुन उपलब्धिहरू छन्, ती उपलब्धिहरू विरुद्ध प्रहार गर्दै गर्दा खेरि नेपाली कांग्रेसले यो गलत छ भनेर संविधानमा भएका कुरा पालना गरिनु पर्छ भन्दा मैले पनि उत्तिकै शसक्त ढङ्गमा त्यो आवाजलाई, त्यो विचारलाई अगाडी बढाउने कुरामा मैले भुमिका खेलेको छु ।
नेपाली कांग्रेसमा राजनीतिक रूपान्तरण देखिँदैन ? युवा पुस्ता नेतृत्व गर्न असक्षम हुन ? या अवसर नपाएका हुन ?
कांग्रेसमा अहिले रूपान्तरणको विषय जोडतोडका साथ उठेको छ । रूपान्तरण भनेर एउटा पुस्ता पुस्तान्तरणको विषय मात्र रहेन । कांग्रेससलाई अहिलेको माग अनुसार कसरी लग्ने भन्ने विषय हो । मलाई याद छ अहिले नेतृत्वमा भएका व्यक्तिहरूको नाम मैले ६∕७ कक्षामा पढ्दा देखिनै सुनेको हुँ । तर अहिलेसम्म पनि उहाँहरू नै नेतृत्वमा हुनुहुन्छ । म त्यो समयबाट अहिलेसम्म आइपुग्दा एउटै पुस्ता निरन्तर नेतृत्वमा रहँदैगर्दा खेरी पुस्तान्तरणको विषय त एउटा कुरा होला तर रूपान्तरण पनि हुन सकेन । अहिलेको युग सुहाँदो ढङ्गबाट कांग्रेसलाई रूपान्तरण गर्नु छ । नयाँ सोच र नयाँ ढङ्गबाट अगाडी लग्ने, नयाँ व्यवहार स्थापना गर्न सक्ने नेतृत्वको खाँचो छ । हामीले कांग्रेसलाई नयाँ ढङ्गबाट अगाडी बढाउनका लागि एउटा निश्चित मापदण्डहरू तयार पारेर ल्यैजान पर्छ । एउटै व्यक्ति बारम्बार दोहोरिरहने परम्पराको अन्त्य हुनुपर्यो । कांग्रेसले समावेशी अहिलेको सिद्धान्त अनुसार समग्र नेतृत्वको विकासमा कसरी सहयोग पुर्याइरहेको छ । कार्यान्वयनको विषयमा कसरी कांग्रेस अगाडी बढीरहेको छ । यो विषय पनि एउटा जटिल विषय हो । यी सबै कुराहरूको अक्षरस पालना गराउने र व्यबहार कार्यान्वयन गराउने कुरामा अहिलेको युवापुस्ताले मात्रै सक्छन भन्ने लाग्छ । कांग्रेसलाई युवा पुस्ताको खाँचो छ । युवाहरू सक्षम छन्, तर अवसर पाएका छैनन् । तर यो १४ औँ महाधिवेशनले यसलाई चिर्छ ।