अचार उद्योग मार्फत सफलताको सिँढी चढ्दै तिन महिला उद्यमी

अचार उद्योग मार्फत सफलताको सिँढी चढ्दै तिन महिला उद्यमी

 राष्ट्रिय डेली

झापा । भनिन्छ असम्भव केही छैन । यदि कुनैपनि काममा दत्तचित्त भएर लाग्ने हो भने सबै सम्भव छ । यसका उदाहरण हुन झापाको श्रीजी फुड प्रालिका पुर्णिमा उपाध्याय,प्याकुरेल, , स्मीता तिम्सिना, खनाल र शान्ता भट्टराइ, घिमिरे   ।

चारआलीमा तीनजनाको समुहले श्रीजी फुड प्रालि मार्फत विभिन्न स्वादका अचार नेपाली बजारमा पुर्याउँदै आएका छन् । नेपालमै उत्पादन भएका उत्पादनलाई प्रयोग उनीहरूले विभिन्न स्वादका अचार बजारमा पुर्याउँदै आएका छन् ।

२०७६ साल मंसिरबाट उनीहरूले अचारको उद्योग सुरु गरेका हुन । अहिले हरेक दिन एक हजार केजीसम्म अचार उत्पादन हुँदै आएको छ । अचार बनाउनका लागि उनीहरूले ईलाम, झापा लगायतका स्थानबाट आवश्यक सामग्री ल्याउने गरेका छन् । यस्तै केही आवश्यक कच्चा पदार्थ भारतबाट समेत आयात गर्दै आएका छन् ।

उनीहरूले उत्पादन गरेको अचार काठमाण्डौं, पोखरा, विराटनगर, धरान, ईटहरी, दमक लगायतका विभिन्न स्थानमा खपत हुँदै आएको छ । यस्तै विदेशमा समेत पुर्याउने योजना रहेको उद्यमी पुर्णिमा उपाध्याय, भण्डारीले बताइन । २०७६ मंसिरबाट अचार उत्पादन सुरु भएपनि उत्पादन सुरु भएको छोटो समयमा नै कोरोना महामारी सुरु भयो । जसका कारण सोचेजस्तो बजार विस्तार गर्न नसकेको उनले बताइन ।

महिलाहरूलाई आयआर्जनमा स्वाभलम्बी बनाउँ भन्ने उद्देश्यका साथ उद्योग संचालन गरेको उपाध्यायले बताइन । उनले भनिन्, ‘घरमा त्यत्तिकै बस्न भन्दा केही गर्नुपर्छ भन्ने सोचाइका साथ उद्योग सुरु गरियो, त्यसमा पनि विशेष गरेर महिलालाई आयआर्जनमा स्वाभलम्बी बनाउनुपर्छ भन्ने उद्देश्यका साथ हामीले उद्योग संचालनमा ल्याएका हौँ ।’

उनको पहिलादेखि नै अचार उद्योग खोल्ने योजना थियो । जसको दौरानमा अन्य दुई जना महिला पनि उनीसँग भेट भए । त्यसपश्चात उनीहरूको उद्यमी बन्ने सपना साकार हुँदै गयो । घरपरिवारले पनि उनीहरूको काम प्रति उर्जा थपिदिँदा थप सहज भएको छ । उद्योगमा अहिले डेढ करोडको लगानी भइसकेको छ ।

महिला उद्यमीलाई सरकारले पनि विभिन्न सुविधा छ भनेपनि अहिलेसम्म सरकारी पक्षबाट भने कुनै सुविधा नपाएको उपाध्यायको भनाइ छ । सरकारी पक्षबाट कुनै अनुदान नपाएपछि आफ्नै जग्गा राखेर बैंक ब्याजमा ऋण लिन परेको उनको भनाइ छ ।

मैले पनि आफ्नै छुट्टै पहिचान बनाउन सक्छु भन्ने योजनाका साथ उद्योग स्थापना गरेको उनले बताइन । उहिलेसम्म ५० जना भन्दा बढी महिलाले उद्योगमा काम गरिसकेका छन् । नियमित रूपमा १० जनालाई रोजगारी दिइरहेको उनले बताइन ।

तामा, टमाटर, अकबरे, कागति लगायतका विभिन्न स्वादका अचार उनीहरूले उत्पादन गर्दै आएका छन् । उद्योग सुरुवाती चरणमा कच्चा पदार्थलाई जसरी लामो समयसम्म नबिग्रने तरीकाले राख्नु पर्ने थियो त्यसरी राख्न नसक्दा नोक्सानी ब्यहोर्न बाध्य भएको उनीहरूको अनुभव छ । तर अहिले त्यसरी नोक्सानी ब्यहोर्नु पर्ने अवस्था नरहेको उपाध्यायको भनाई छ । अहिले फुड टेक्नोलोजिस्ट राखेकाले त्यस्ता समस्या नभएको उनले सुनाइन् ।

अझै विभिन्न स्वादका अचार उत्पादन गरेर देश तथा विदेशका विभिन्न स्थानमा पुर्याउने योजनाका साथ काम भइरहेको उनको भनाइ छ ।श्रीजी फुड प्रालिले अचार उत्पादन मात्र गर्दैन अचार उत्पादका लागि चाहिने कच्चा पदार्थ समेत विक्री गर्दै आइरहेको छ ।

adv-single
सम्बन्धित समाचार

बर्दिवासलाई पराजित गर्दै एपीएफ मिल्स गोल्डकपको सेमिफाइनलमा

  विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल ९एपीएफ० पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद...

गीतकार प्रमिला बस्नेतको 'सधैं देख्ने सपनाको' सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

काेशीका मुख्यमन्त्री कार्कीविरूद्धकाे संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७०...

सांसद हसिना खानले लिइन् शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका...

एकीकृत समाजवादीले कोशी प्रदेशमा मुख्यमन्त्री मागेको छैन : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने...

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...