विराटनगर । गहुँबाली लगाउने बेला रायासनिक मल नपाउँदा सुनसरीका किसानहरु चिन्तित भएका छन । धानबाली भित्र्याएपछि गहुँ बाली लगाइन्छ तर प्रत्येक वर्ष गहुँको बीउ छर्ने वेलामा आवश्यकता अनुसारको मल पाउन किसानहरुले सकिरहेका छैनन् ।
मागअनुसारको मल नपाएपछि गहुँको उत्पादन कम हुने हो कि भन्ने चिन्तामा किसान छन् । धानबाली भित्र्याएर गहुँ छर्ने तयारीमा रहेका देवानगँज , भुटाहा , कप्तानगँजका किसानहरु ‘मलका लागि गाउँको डिलरदेखि कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म पुगे, पनी मल पाउन सकिरहेका छैनन् । मल नै पाएपछि गहुँ खेती कसरी गर्ने भन्ने तनावमा छन किसानहरु ।’
कृषि सामग्री कम्पनी लिमिटेडले मागअनुसारको मल उपलब्ध नगराउँदा मलको अभाव हुँदै आएको जनाएको छ । गत आर्थिक वर्ष ०७७ मा कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले ६ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी मल माग गरेकोमा तीन हजार दुई सय मेट्रिक टन युरिया र चार हजार पाँच सय मेट्रिक टन डिएपी मात्रै केन्द्रले उपलब्ध गराएको थियो ।
Post Views: 3