विराट नेपाल मेडिकल ट्रष्टद्वारा ११ लाख ५० हजार बराबरको सामाग्री वितरण

विराट नेपाल मेडिकल ट्रष्टद्वारा ११ लाख ५० हजार बराबरको सामाग्री वितरण

 राष्ट्रिय डेली

 

विराटनगर । विराट नेपाल मेडिकल ट्रस्टले नेपाल क्षयरोग निवारण संस्था विराटनगरलाइ ११ लाख ५० हजार बराबर रकमको सामाग्री वितरण गरेको छ । विराट नेपाल मेडिकल ट्रस्टले एक कार्यक्रमको आयोजना गरेर उक्त सामाग्री प्रदान गरेको हो ।

क्षयरोगका बिरामीहरुको बढ्दो चापलाई मध्यनजर गर्दै व्यावस्थित रुपमा बिरामीहरुलाइ सरल र सहज तरिकाले स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले सामाग्री प्रदान गरेको ट्रस्टले बताएको छ । ट्रस्टले नेपाल क्षयरोग निवारण संस्था विराटनगरलाइ १५ थान लो- बेड , १५ थान म्याटरेस, २० थान ब्याङकेट, १०० थान ज्याकेट लगायत ११ लाख ५० हजार बराबरको सामाग्री वितरण गरेको थियो ।

कार्यक्रममा क्षयारोग निवारण सँस्था विराटनगरका सभापती शिव नारायण प्रधानले विराट नेपाल मेडिकल ट्रस्टले सामाग्री प्रदान गरेर विरामीहरुलाइ थप सहज हुने र ट्रस्टले पुन: सामाग्री सहयोग गर्नेमा ढुक्क भएको बताए । त्यसैगरि स्वास्थ्य मन्त्रालयका सचिव सागर प्रसाँई र प्रदेश १ स्वास्थ्य निर्देशनालयकी क्षयारोग आर.टि.एल.ओ तारा सुवेदिले सामाग्री प्रदान गरेर क्षयारोगका विरामीहरुलाइ सहज भएकाले ट्रस्टलाइ धन्यवाद व्याक्त गरेका थिए । ट्रस्टले ६७ औ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसर पारेर सामाग्री प्रदान गरेको थियो । त्यस्तै विराट नेपाल मेडिकल ट्रष्टले क्षयारोगीहरुका लागी सामान वितरण गरेका कारण सहज भएको उपचाररत दुर्गा सुवेदिले बताइन ।

विराट नेपाल मेडिकल ट्रष्ट सन् १९६७ देखि नेपाली जनताको सेवा गर्ने गैर सरकारी संस्थाका रुपमा रहंदै आएको छ । स्थापनाकाल देखि नै विराट नेपाल मेडिकल ट्रष्टले क्षयरोग, यौन तथा प्रजनन स्वास्थ्य र स्वास्थ्य अधिकारका बिषयमा नेपाल सरकारलाइ सहयोग गर्दै आइरहेको छ। सामुदायिक स्वास्थ्य आवश्यकताहरू पूरा गर्न स्थानीय संस्थाहरूको क्षमतालाई सुदृढ पार्दै पिछडिएका समूहहरूलाई आवश्यक स्वास्थ्य सेवाहरूको पहुँचमा पुर्याउन ट्रष्टले महत्वपुर्ण भुमिका निभाउँदै आइरहेको छ ।

adv-single
सम्बन्धित समाचार

सरकारले जनतामा आशा जगाउन सकेन : कोइराला

विराटनगर / नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ कार्यसमितिले बुधबार सुनसरीको जमकोटीमा आयोजना गरेको ‘नोना कोइराला स्मृति...

बिहीबार सीएनआई एक्स्पोको भव्य उद्घाटन गरिने

  विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा बिहीबारदेखि ऐतिहाँसिक सीएनआई कोसी एक्स्पो २०७९ गरिँदैछ । १० दिनसम्म चल्ने एक्स्पोको उद्घाटनका लागि तयारी तिब्र पारिएको छ । भव्य समारोहका बीच एक्स्पोको उद्घाटन ...

हामीलाई हेप्ने काम, होच्याउने काम यो सदनबाट आइन्दा फेरि नहोस् धवलशमशेर जबरा

विराटनगर।राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा। धवलशमशेर जबराले संसदमा आफूहरूलाई नहेप्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफूहरूलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै बुधबार नै प्रतिनिधिसभा...

गुलशनले १९ वर्षमुनिको राष्ट्रिय टिमको कप्तानी गर्ने, क्यानका कार्यवाहक सचिव मल्लको राजीनामा स्वीकृत

विराटनगर । १३ बुँदे निर्णय पारित गरेर नेपाल क्रिकेट सङ्घ क्यान को बोर्ड बैठक सकिएको छ । सात जना केन्द्रीय सदस्यको बहिष्कार र तनावकाबीच हिजो र आज पोखरामा बसेको बोर्ड बैठकले विभिन्न १३ वटा निर्णय...

ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा एक जनाको ज्यान गयो, एक घाइते

विराटनगर।रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१४ छिवाङ ज्युलाको बगरमा हिजो राति ट्याक्टर दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । मुसीकोट(४ सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सह...

हेटौंडा उपमहानगरले करारका ७१ जना कर्मचारी हटायो

विराटनगर। हेटौंडा उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ । उपमहानगरपालिकाको करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई हटाएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय गरेर ७१ कर्मचारी एकै पटक हटाइएको हो । मेयर र उपमेयरको...

निहारिका राजपुत र शिवराज श्रेष्ठबीच अदालतमा मिलापत्र

विराटनगर। कुमारी आमाका रूपमा चर्चामा आएकी निहारिका राजपुतले आरोपित शिवराज श्रेष्ठसँग मिलापत्र गर्नुभएको छ । धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा राजपूतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ ४० बमोजिम मिलापत्र गर्नुभएको हो...

क्यानका कार्यवाहक सचिव मल्लद्वारा राजीनामा

विराटनगर।नेपाल क्रिकेट संघ क्यान का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले राजीनामा दिएका छन् । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्ष समेत रहेका थिए । मल्लको राजीनामा मंगलबार पोखरामा बसेको संघको बोर्ड बैठकले अनुमोदन गरेको हो...

शिक्षकहरुले लगाए महेन्द्रनगर माविमा ताला, पठनपाठन ठप्प

विराटनगर । महेन्द्रनगर माध्यमिक विद्यालयका शिक्षक आन्दोलित बनेका छन्। तहगत प्रधानाध्यापक नियुक्तिको माग गर्दै उनीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन्। शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ। लामो समयदेखि पटक पटक तहगत प्रधानाध्यापक नियुक्तिका लागि...

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रधानमन्त्री प्रचण्डको भेटबार्ता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ को नामबारे चासो राखेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की बुधबार बिहान बालुवाटार पुगेका थिए । भेटमा सरकारको काम र विकास निर्माणबारे...

 लागुऔषधसहित ८ जना पक्राउ

विराटनगर कैलालीबाट विभिन्न किसिमका लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित प्रहरी चौकी त्रिनगरको टोलीले मंगलबार लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर बिजोग

विराटनगर।सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेपछि यो रुट भएर चल्ने सवारी आवागमनमा बाधा पुगेको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यातायातका साथै पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएको छ ।   ढल फुटेर निस्किएको...