व्यावसायिक कृषिमा जमेको जोडी, जसले मासिक १ लाख कमाउँछन्

व्यावसायिक कृषिमा जमेको जोडी, जसले मासिक १ लाख कमाउँछन्

 राष्ट्रिय डेली

कैलाली (रासस) । कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मजगाउँकी सुस्मा चौधरी (२६)ले व्यावसायिक कृषिबाट मासिक करिब एक लाख आम्दानी गर्छिन् ।

उनलाई श्रीमान् वीरेन्द्र चौधरीले साथ दिएका छन् । करिब पाँच वर्षअघि वैवाहिक बन्धनमा बाँधिएको यो जोडीले बिहेलगत्तै व्यावसायिकरुपमा कृषि सुरु गरेको थियो ।

‘परिवार विगतदेखि कृषिमा भए पनि व्यावसायिक रुपमा भने काम भएको थिएन’, सुस्माले भनिन्, ‘बिहे भएपछि भने काम सुरु गरेका हौँ ।’

उनीहरुले व्यावसायिक खेती सुरु गर्नका लागि स्थानीय स्तरमा सञ्चालित सिजर्नशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण लिइकी थिइन् । सहकारीबाट लिएको ऋणबाटै अहिले उनीहरु तरकारी खेती र कुखुरापालन गरिरहेका छन् ।

सुस्मा तरकारीखेतीमा बढी ध्यान दिन्छिन् भने बीरेन्द्र कुखुरापालनमा बढी समय खर्चन्छन् । ‘सुरुमा मौसमी तरकारीखेती मात्रै गर्ने गर्दथ्यौँ, बेमौसमी तरकारीखेती गर्न आउदैनथ्यो’, सुस्माले भनिन्, ‘तर अहिले मौसमी र बेमौसमी तरकारी उत्पादन गरिरहेका छौँ, बेमौसमी तरकारी उत्पादनका लागि सिर्जनशील सहकारीबाट सञ्चालित किसान परियोजना र युएसएआइडी नामक संस्थाले तालिम दिएको थियो ।’

तालिमका कारण तरकारीखेतीमै आत्मनिर्भर बन्न थप प्रेरणा मिलेको उनीहरुको भनाइ छ । तरकारीखेती सुरु गर्दा करिब ५० हजार मात्रै लगानी सुस्माले सुनाइन् ।

‘सुरुमा त लगानी नै लागेन तर बेमौसमी तरकारीखेती सुरु गरेपछि ५० हजार जति लगानी लाग्यो’, उनले भनिन्, ‘अहिले बारीमा टमाटर, खुर्सानी, काउली, बन्दा र प्याज छन् । काँक्रा र बोडी भने भर्खर उम्रिरहेका छन् ।’

उनले काँक्रा र बोडीका लागि आफैंले तीन वटा टनेल बनाएकी छिन् । तरकारी बिक्री वितरणको जिम्मा भने श्रीमान् बीरेन्द्रले लिएका छन् । ‘खुद्रा खरिद गर्ने मानिस त घरमै आउने गर्छन्’, सुस्माले भनिन्, ‘थोक बिक्रीका लागि भने अत्तरिया लैजानुपर्छ, जुन काम श्रीमान्‌ले गर्नुहुन्छ ।’ उनले दैनिक एकदेखि डेढ क्विन्टलसम्म तरकारी बिक्रीका लागि बजार पठाउने गरेको बताइन् ।

बीरेन्द्रले कुखुरापालनबाट अण्डा पनि बिक्री गर्ने काम गर्छन् । २०७७ साल वैशाखमा हालेका बोभेन ब्राउन जातको कुखुराबाट मासिक रु ४० हजारभन्दा बढी कमाउने गरेको बीरेन्द्रले सुनाए ।

‘यो जातका कुखुराको उमेर दुई वर्षको हुन्छ, मैले हालेको दुई वर्षभन्दा बढी भइसक्यो’, उनले भने, ‘यसबाट अहिले दैनिक आठ सयदेखि आठ सय ५० जति अण्डा उत्पादन भइरहेका छन्, सो अण्डाबाटै मैले आम्दानी गर्ने गर्दछु ।’

उनले अण्डाको बिक्रीवितरण दैनिकरुपमै गर्ने गरेको बताए । उनले अण्डा बिक्रीका लागि भने अत्तरिया नभई राजपुर र मनेहरा जाने गरेको सुनाए ।

बीरेन्द्रले अण्डा मात्रै नभई तरकारी पनि आफैँले बजार पुर्‍याउँछन् । सुस्माले उत्पादन गरेको तरकारी अत्तरिया बजार पुर्‍याएर आफू अण्डा बिक्रीका लागि अर्काे बजार जाने गरेको उनले बताए ।

‘छ जनाको परिवार छ, सबैको पालनपोषण यहीँबाट भएको छ’, उनले भने, ‘व्यावसायिकरुपमा कृषि काम गर्दा नोक्सान बेहोर्नु पर्दैन भन्ने कुराको ज्ञात भएको छ ।’

सहकारीबाट सुरुवाती चरणमा रु पाँच लाख ऋण लिएर व्यवसाय सुरु गरेका सुस्मा र बीरेन्द्रको जोडीले अहिले मासिक रु एक लाखको हाराहारीमा आम्दानी गर्दै आइरहनुभएको छ । उनीहरुले आफ्नै आठ कट्ठा जमिनमा कृषि काम गरिरारहेका छन् ।

सुरुदेखि नै तरकारीखेती गरेकी सुस्माले फार्म खोलेकी छैनन् । उनले फार्मबिना नै कृषि काम गरिरारहेकी छिन् । तर, बीरेन्द्रले भने आशीष पोल्ट्री फार्ममार्फत कुखुरापालन गरिरारहेका छन् ।

कुखुराको बीमाका लागि भए पनि कृषि फार्म खोल्नुपरेको उनले बताए । करिब ११ लाख लगानी भएको कुखुरापालन व्यवसायलाई निरन्तरता दिइ फेरि कुखुरा थप्ने योजना बीरेन्द्रले सुनाए । ‘दानाको मुख्य अकासियो, चल्ला पनि मर्छन्’, उनले भने, ‘तर अण्डाको भाउ बढ्न सकेको छैन । अहिले पनि क्रेटको रु तीन सय ५० देखि तीन सय ८० सम्ममा बिक्री गर्ने गर्दछु ।’

यता सिर्जनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक गौरी चौधरीले महिलाको आर्थिक विकास र उत्थानका लागि नै संस्थाले काम गरिरहेको बताउँछन् ।

‘महिला सहकारी हो, महिलाको आर्थिकस्तरमा वृद्धि गरी उनीहरुको आम्दानी कसरी गर्ने र उनीहरुको आथिकस्तर कसरी सुधार्ने भन्ने लक्ष्य रहेका साथ स्थापना भएको हो’, उनले भने, ‘सोहीअनुसार महिलालाई स्थापनादेखि नै महिलालाई विभिन्न व्यावसायिक काममार्फत अग्रसर बनाउँदै गएका छौँ ।’ उनले अप्ठ्यारोमा महिलाका घरमै गएर त्यस्ता महिलाको जीवनस्तर उकास्न सफल भएको बताए ।

उनले संस्थाले महिलालाई विभिन्न व्यावसायिक कामका लागि विनाधितो रु तीन लाखसम्म र धितोमा रु १० लाखसम्म ऋण दिने गरेको बताए । उनीका अनुसार सहकारीबाट ऋण लिएका करिब दुई सय जना महिलाले अहिले पनि विभिन्न किसिमका व्यावसायिक काम गर्दै आएका छन् ।

उनले महिलाका लागि संस्थाबाट मात्रै नभई अन्य विभिन्न निकायबाट पनि सहयोगका लागि पहल गर्ने गरेको बताए । उनले संस्थाको सुरुवाती चरणमा तरकारी नै नदेखिने ठाउँमा पनि अहिले व्यावसायिकरुपमा तरकारीखेती भएको देख्दा खुसी लाग्ने गरेको बताए ।

सुस्मा र बीरेन्द्र दुवैले कक्षा १२ सम्मको अध्ययन गरेका छन् । विवाहपछि घरपरिवारको जिम्मेवारी थपिँदा दुवैले पढाइ छोडेर कृषिलाई अँगालेका हुन् । हाल कृषिमै लगाएको मेहनतले नै उनीहरुलाई व्यावसायिकरुपमा उत्कृष्ट किसान बनाएको छ ।

adv-single
सम्बन्धित समाचार

सरकारले जनतामा आशा जगाउन सकेन : कोइराला

विराटनगर / नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ कार्यसमितिले बुधबार सुनसरीको जमकोटीमा आयोजना गरेको ‘नोना कोइराला स्मृति...

बिहीबार सीएनआई एक्स्पोको भव्य उद्घाटन गरिने

  विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा बिहीबारदेखि ऐतिहाँसिक सीएनआई कोसी एक्स्पो २०७९ गरिँदैछ । १० दिनसम्म चल्ने एक्स्पोको उद्घाटनका लागि तयारी तिब्र पारिएको छ । भव्य समारोहका बीच एक्स्पोको उद्घाटन ...

हामीलाई हेप्ने काम, होच्याउने काम यो सदनबाट आइन्दा फेरि नहोस् धवलशमशेर जबरा

विराटनगर।राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा। धवलशमशेर जबराले संसदमा आफूहरूलाई नहेप्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफूहरूलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै बुधबार नै प्रतिनिधिसभा...

गुलशनले १९ वर्षमुनिको राष्ट्रिय टिमको कप्तानी गर्ने, क्यानका कार्यवाहक सचिव मल्लको राजीनामा स्वीकृत

विराटनगर । १३ बुँदे निर्णय पारित गरेर नेपाल क्रिकेट सङ्घ क्यान को बोर्ड बैठक सकिएको छ । सात जना केन्द्रीय सदस्यको बहिष्कार र तनावकाबीच हिजो र आज पोखरामा बसेको बोर्ड बैठकले विभिन्न १३ वटा निर्णय...

ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा एक जनाको ज्यान गयो, एक घाइते

विराटनगर।रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१४ छिवाङ ज्युलाको बगरमा हिजो राति ट्याक्टर दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । मुसीकोट(४ सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सह...

हेटौंडा उपमहानगरले करारका ७१ जना कर्मचारी हटायो

विराटनगर। हेटौंडा उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ । उपमहानगरपालिकाको करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई हटाएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय गरेर ७१ कर्मचारी एकै पटक हटाइएको हो । मेयर र उपमेयरको...

निहारिका राजपुत र शिवराज श्रेष्ठबीच अदालतमा मिलापत्र

विराटनगर। कुमारी आमाका रूपमा चर्चामा आएकी निहारिका राजपुतले आरोपित शिवराज श्रेष्ठसँग मिलापत्र गर्नुभएको छ । धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा राजपूतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ ४० बमोजिम मिलापत्र गर्नुभएको हो...

क्यानका कार्यवाहक सचिव मल्लद्वारा राजीनामा

विराटनगर।नेपाल क्रिकेट संघ क्यान का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले राजीनामा दिएका छन् । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्ष समेत रहेका थिए । मल्लको राजीनामा मंगलबार पोखरामा बसेको संघको बोर्ड बैठकले अनुमोदन गरेको हो...

शिक्षकहरुले लगाए महेन्द्रनगर माविमा ताला, पठनपाठन ठप्प

विराटनगर । महेन्द्रनगर माध्यमिक विद्यालयका शिक्षक आन्दोलित बनेका छन्। तहगत प्रधानाध्यापक नियुक्तिको माग गर्दै उनीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन्। शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ। लामो समयदेखि पटक पटक तहगत प्रधानाध्यापक नियुक्तिका लागि...

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रधानमन्त्री प्रचण्डको भेटबार्ता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ को नामबारे चासो राखेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की बुधबार बिहान बालुवाटार पुगेका थिए । भेटमा सरकारको काम र विकास निर्माणबारे...

 लागुऔषधसहित ८ जना पक्राउ

विराटनगर कैलालीबाट विभिन्न किसिमका लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित प्रहरी चौकी त्रिनगरको टोलीले मंगलबार लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर बिजोग

विराटनगर।सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेपछि यो रुट भएर चल्ने सवारी आवागमनमा बाधा पुगेको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यातायातका साथै पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएको छ ।   ढल फुटेर निस्किएको...