विराटनगर । विराटनगरको हिमालय दर्शन कलेजले भब्य रुपमा क्रिसमसको उत्सव मनाएको छ । कलेजले विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुम माझ क्रिसमस मनाएको हो । क्रिसमसकै अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नृत्य र गायन समेत प्रस्तुत गरेका थिए ।
हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभर क्रिसमस मनाउँने गरिन्छ । कलेजले क्रिसमसको अवसरमा आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले एक आपसमा शुभकामना तथा उपहार आदन प्रदान समेत गरेको थिए। क्रिसमसको अवसरमा विद्यार्थीहरुले आफुले सिकेका नृत्य र गायन मार्फत कार्यक्रममा मनोरंजन प्रदान गरेका थिए।
कार्यक्रममा क्याम्पस प्रमुख भरत सापकोटाले विद्यार्थीहरुलाइ शुभकामना दिएका थिए । कार्यक्रममा क्याम्पस प्रमुख भरत सापकोटा , को अर्डिनेटर भुपाल मिश्रा, सुमित शाह, कुशल निरौला र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
Post Views: 1