विराटनगर। प्रदेशगत रूपमा सबैभन्दा बढी वैदेशिक लगानी बागमती प्रदेशमा भएको छ । नेपाल राष्ट्र बैंकको वैदेशिक लगानी सम्बन्धी सार्वजनिक विविरणअनुसार अनुसार कुल लगानीको ५९.७ प्रतिशत लगानी बागमतीमा रहेको हो ।
गण्डकीमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत र मधेस प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा भने प्रत्यक्ष वैदेशिक लगानी १ प्रतिशतभन्दा कम रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक उद्योगको क्षमता उपयोग ६०।६९ प्रतिशत रहेको छ । इक्विटीको प्रतिफल करिब ११।६१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
Post Views: 130