बाढी र पहिरोका कारण कोशी प्रदेशमा १५ जनाले गुमाए ज्यान

बाढी र पहिरोका कारण कोशी प्रदेशमा १५ जनाले गुमाए ज्यान

 राष्ट्रिय डेली

विराटनगर । वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा हालसम्म १५ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयमा हालसम्म अद्यावधिक गरिएको तथ्यांकअनुसार पाँचथर र सोलुखुम्बुमा सबैभन्दा बढी पाँच–पाँच जनाको मृत्यु भएको छ ।

यसैगरी धनकुटामा दुई, इलाम र उदयपुरमा एक–एकजनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । एसएसपी दाहालका अनुसार पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिएर २४ वर्षीया सपना शेर्पा र उनकी छोरी ६ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको छ । यसैगरी फिदिम–१ साङ्लेबोटेमा पहिरोले पुरिएर ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको दाहालले बताए ।

यसैगरी फिदिम–८ भोटे गाउँँमा पहिरोले पुरिएर ८२ वर्षीय पसेम्बा शेर्पाको मृत्यु भएको छ । आफ्नै घर नजिकको धारामा पानी लिन जाने क्रममा माथिबाट झरेको पहिरोले उनको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिम–२ मजिटेमै पहिरोले घर पुरिँदा ३८ वर्षीया रन्जना राईको घटनास्थलमै मत्यु भएको छ । यता, धनकुटाको पाख्रीबास नगरपालिका–५ की ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको पहिरोले पुरिएर मृत्यु भएको छ । पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु भएको दाहालले बताए ।

उता, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उनका छोरी र बुहारीको मृत्यु भएको छ । सोही वडाका वडाध्यक्ष होमबहादुर मगरका अनुसार पहिरोमा परेर टेकबहादुरकी ३० वर्षीया छोरी कविता मगर र ४१ वर्षीया बुहारी रुपा मगरको मृत्यु भएको हो । अन्य तीनजनाको पहिचान अद्यावधिक भइरहेको दाहालले बताए ।

यता, उदयपुरको रौतामाई गाउँपालिका १ मा बाढीले बगाएर १५ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । खेतबाट घाँस काटेर फर्किने क्रममा बाढीले बगाएर उनको मृत्यु भएको प्रहरीको भनाइ छ । यसअघि शुक्रबार इलामको माई नगरपालिका–८ सेता खोलाले बगाएर ६८ वर्षीय मैतबहादुर लिम्बू्को मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएर घाइते भएका भएका उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

‘बाढी र पहिरोमा परेर सबैभन्दा पाँचथरमा चार जना बेपत्ता भएका छन्,’ एसएसपी दाहालले भने, ‘अनपेक्षित रूपमा आएको बाढीका कारण धेरैजसो ठाउँमा पुलहरू पनि बगाएका छन् भने दर्जनौँ परिवार विस्थापित बनेका छन् । नेपाल प्रहरी २४ घण्टा नै उद्धारमा जुटिरहेको छ ।’ प्रहरीको तथ्यांकअनुसार बेपत्ता हुनेमा फिदिम–१ का ५१ वर्षीय कृष्ण दास, उनकी श्रीमती ४० वर्षीया कमला दास, स्थानीय ५५ वर्षीय धनकुमार तुम्वापो र २१ वर्षीया सरस्वता तुम्वापो रहेका छन् ।

यसैगरी पाँचथरकै फालेलुङ गाउँपालिका–४ का अविनारायण राईको घर तारे खोलाले बगाउँदा उनकी पत्नी ३६ वर्षीया कमला राई बेपत्ता भएकी छन् । यता, झापाको गौरीगञ्ज गाउँपालिका–२ सुकुम्बासी टोलका ५५ वर्षीय केनालाल राजवंशी कृष्णे खोलाले बगाएर बेपत्ता भएका छन् । शुक्रबार कनचकवल गाउँपालिका–१ की १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएर बेपत्ता बनाएको छ ।

यता, कमल गाउँपालिका–१ का ३५ वर्षीय टीकाराम चौधरी माछा मार्ने क्रममा कृष्णे खोलामा डुबेर बेपत्ता भएका छन् । मोरङ रतुवाईमाई नगरपालिका–७ की ७२ वर्षीया डुरोदेवी राजवंशीलाई बिहीबार रतुवा खोलाले बगाएको छ । उनी हालसम्म बेपत्ता छिन् ।

adv-single
सम्बन्धित समाचार

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...

रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र

  पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...

रवि लामिछानेलाई अदालत पुर्याईयो

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । शनिबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइएको हो । उनलाई लेकसाइडबाट घुमाएर अदालत उपस्थित...

‘वर्तमान सरकार ढल्दैन तर सरकार चैँ सरकार जस्तो भएर चल्नुपर्छ’ कोईराला

  विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन् । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै...

सहकारी ठगीमा रवि लामिछाने पक्राउ

विराटनगर । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको केही...

रविलाई समात्न रास्वपाको केन्द्रीय कार्यालय पुग्यो प्रहरी

    काठमाडौँ । कास्की प्रहरीले पक्राउको अनुमति लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको केन्द्रीय पार्टी कार्यालय पुगेको छ। अहिले कार्यालयमा ठूलो भीड लागेको छ। उनीमाथि केही अघि मात्रै...

अबैध रकम उठाएको आरोपमा एसपी नवराज कार्कीको हेडक्वार्टर सरुवा

  विराटनगर । मोरङ जिल्लाका प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई सिभिल प्रहरी मार्फत अबैध रकम उठाउने गरेको आरोपमा मोरङ जिल्लाबाट प्रहरी प्रधान कार्यालय काठमाडौ सरुवा गरिएको छ । प्रहरी स्रोतका अनुसार कार्की मोरङ आएदेखी नै...

२० लाख रूपैयाँभन्दा बढी रकम लिएको आरोपमा इन्स्पेक्टर सहित ४ जना प्रहर्री अनुसन्धानमा

  विराटनगर । अनलाइनमार्फत जुवा खेल्नेहरुसँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सहित ४ जना प्रहरीलाई अनुसन्धान एवं छानबिनमा प्रदेश प्रहरी कार्यालय विराटनगर तानिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर...

गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका माग पूरा गर्छु :मन्त्री पौडेल

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा...