‘वर्तमान सरकार ढल्दैन तर सरकार चैँ सरकार जस्तो भएर चल्नुपर्छ’ कोईराला

‘वर्तमान सरकार ढल्दैन तर सरकार चैँ सरकार जस्तो भएर चल्नुपर्छ’ कोईराला

 राष्ट्रिय डेली

 

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन् । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको प्रस्ट्याए ।

आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै कोइरालाले सरकारले उद्देश्य अनुरूप कार्य भने गर्न नसकेको टिप्पणी गरे ।

‘यो सरकार ढल्दैन, चल्छ । तर सरकार चैँ सरकार जस्तो भएर चल्नुपर्दछ,’ कोइरालाले थपे, ‘गाडीमा झण्डा हल्लाउँदै हिँड्न र जनताले तिरेको करबाट सेवा सुविधा खान मात्रै सरकार बनेको होइन । मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्दछ । जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ ।’

कोइरालाले राजनैतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको उल्लेख गरे । उनले आर्थिक विकास र सुशासनमा सरकारले काम गर्न नसकेको हो कि भन्ने महसुस हुन थालेको बताए ।

उनले भने, ‘यो सरकार बनेको धेरै भएको छैन । तर यो बीचमा सुशासन र आर्थिक विकासको क्षेत्रमा जुन रूपमा काम हुनुपर्ने थियो, त्यसअनुसार काम भइरहेको छैन । सरकार परिवर्तन भएको अनुभूति जनताले गर्ने हो । मलाई लाग्छ जनताले सरकार परिवर्तनको अनुभूति गरेका छैन जस्तो लाग्दछ ।’

उनले नेपाली जनताले धेरै चिज नखोजेको तर्क गर्दै भने, ‘सुशासन, आर्थिक विकास भए नेपाली जनता खुसी हुन्छन् । सुशासन र आर्थिक विकास भए रोजगारी सिर्जना हुँदै जान्छ ।’ सरकार परिवर्तन हुँदा पनि सुशासनमा कुनै सुधार नभएको भन्दै नेता कोइरालाले भने, ‘सुशासन बिना आर्थिक विकास हुँदैन । सुशासन कायम गर्न सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्दछ ।’

त्यस्तै कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने कोइरालाको प्रस्टीकरण थियो । नेता कोइरालाले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

‘संविधान संशोधन छुट्टै आयोग बनाएर हुन्छ कि संसदीय समिति बनाएर हुन्छ सबै दलको सहमतिमा गर्नुपर्दछ,’ उनले थपे, ‘हामी ठूला दल छौं भन्ने दम्भ राखेर एकलौटी रुपमा संशोधन गर्न खोजिए त्यसलाई नेपाली जनताले स्वीकार्दैनन् ।’

सरकारमा रहेका दलले विपक्षी दल फुटाउने र राज गर्ने प्रवृत्ति बढे लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिए । उनले भने, ‘सरकारले दलसम्बन्धी अध्यादेश ल्याउने चर्चा सुनिँदैछ । दल फुटाउने गरी अध्यादेश ल्याइए लोकतन्त्र र सुशासनको धज्जी उड्नेछ ।’

कोइरालाले २०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन हुनेमा शंकासमेत व्यक्त गरे । वडा तहदेखि केन्द्रसम्मको अधिवेशन तोकिएकै मितिभित्र सम्पन्न नगरे कांग्रेस कमजोर हुने उनको कथन थियो । ‘कसैलाई खुसी पार्न र कसैलाई कुर्सीमा टिकाइराख्ने बहानामा कांग्रेसको महाधिवेशन सार्नुहुँदैन,’ उनले भने ।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, मोरङका कार्यक्रबाहक सभापति भक्तिनाथ माझी, विराटनगर महानगरका मेयर नागेश कोइराला, महासमिति सदस्य मानबहादुर लिम्बू, वसन्त भट्टराई, क्षेत्र नम्बर १ का सभापति शंकर राई, सैनिक संघका केन्द्रीय सभापति मेघराज टण्डन, निवर्तमान सभापति कर्णेल धनबहादुर राना, नेपाली कांग्रेस विराटनगरका सभापति दीपक चापागाईंलगायतले मन्तव्य राखे ।

अधिवेशनले प्रेम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको मधेस प्रदेशबाहेक ६ वटा प्रदेश र ६५ वटा जिल्लामा संगठन विस्तार भइसकेको केन्द्रीय सभापति टण्डनले जानकारी दिए ।

adv-single
सम्बन्धित समाचार

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...

रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र

  पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...

रवि लामिछानेलाई अदालत पुर्याईयो

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । शनिबार बिहानदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइएको हो । उनलाई लेकसाइडबाट घुमाएर अदालत उपस्थित...

‘वर्तमान सरकार ढल्दैन तर सरकार चैँ सरकार जस्तो भएर चल्नुपर्छ’ कोईराला

  विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन् । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै...

सहकारी ठगीमा रवि लामिछाने पक्राउ

विराटनगर । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको केही...

रविलाई समात्न रास्वपाको केन्द्रीय कार्यालय पुग्यो प्रहरी

    काठमाडौँ । कास्की प्रहरीले पक्राउको अनुमति लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको केन्द्रीय पार्टी कार्यालय पुगेको छ। अहिले कार्यालयमा ठूलो भीड लागेको छ। उनीमाथि केही अघि मात्रै...

अबैध रकम उठाएको आरोपमा एसपी नवराज कार्कीको हेडक्वार्टर सरुवा

  विराटनगर । मोरङ जिल्लाका प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई सिभिल प्रहरी मार्फत अबैध रकम उठाउने गरेको आरोपमा मोरङ जिल्लाबाट प्रहरी प्रधान कार्यालय काठमाडौ सरुवा गरिएको छ । प्रहरी स्रोतका अनुसार कार्की मोरङ आएदेखी नै...

२० लाख रूपैयाँभन्दा बढी रकम लिएको आरोपमा इन्स्पेक्टर सहित ४ जना प्रहर्री अनुसन्धानमा

  विराटनगर । अनलाइनमार्फत जुवा खेल्नेहरुसँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सहित ४ जना प्रहरीलाई अनुसन्धान एवं छानबिनमा प्रदेश प्रहरी कार्यालय विराटनगर तानिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर...

गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका माग पूरा गर्छु :मन्त्री पौडेल

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा...