महाधिवेशनको तुष पालेमा कांग्रेसले चुनाव जित्दैन : संग्रौला

महाधिवेशनको तुष पालेमा कांग्रेसले चुनाव जित्दैन : संग्रौला

 राष्ट्रिय डेली

 

विराटनगर ÷ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीको महाधिवेशन सकिसकेकाले गुटउपगुट बिर्सेर तीन तहको निर्वाचनमा जुट्नुपर्ने बताएकी छन् ।
नेपाल प्रेस युनियन मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन नेतृ संग्रौलाले महाधिवेशनको प्रक्रियामा पार्टी नेतृत्वका लागि भएको प्रतिस्पर्धामा विजेता र उपविजेताहरू एकजुट भएर आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो स्थानमा पु¥याउनुपर्ने दायित्व पूरा गर्नुपर्नेमा जोड दिइन् । “आन्तरिक प्रतिस्पर्धाको तुष पालेर बसियो भने कांग्रेसले निर्वाचन जित्दैन,” उनले भने, “हाम्रो लक्ष्य र उद्देश्य भनेको आसन्न तीनै तहको निर्वाचनमा जित्नु हो र त्यसपछि मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनु हो ।”

 

तीनै तहको निर्वाचन नजिकै आइपुगेकाले देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउन काँग्रेसको नेतृत्व जरुरी भएको संग्रौलाको भनाइ थियो । कम्युनिष्टहरूले मुलु्कको नेतृत्व गर्न नसक्ने बताउँदै संग्रौलाले दुईतिहाई मत प्राप्त गरेका कम्युनिष्टहरूले सरकार चलाउन नसकाले अब पनि उनीहरूबाट देशको विकास र समृद्धि सम्भव छैन भन्ने प्रष्ट भएकोले कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बताइन् । “जनताले दुई तिहाई बहुमत दिँदा पनि कम्युनिष्टले देश चलाउन सकेनन्, उनीहरू आफैं छिन्नभिन्न बन्न पुगे,” संग्रौलाले थपिन्, “स्पष्ट जनमतका साथ अब मुलुक चलाउने जिम्मेवारी कांग्रेसले पूरा गर्नुपर्छ ।” संविधानको सर्वाेच्चता बचाउन समयको आवश्यकताअनुसार कांग्रेसले सरकारको नेतृत्व गरेको उनको भनाइ थियो ।

आगामी निर्वाचन कांग्रेस एक्लैले लड्नु पर्ने भन्दै उनले विगतमा गठबन्धन गरेर जाँदा आफूहरू प्रतिपक्षमा पुगेका कारण यस पटक फेरि अरुलाई लाभ हुनेगरी निर्णय लिन नहुने आफ्नो व्यक्तिगत धारणा रहेको सुनाइन् । यद्यपि पार्टीले गर्ने निर्णयलाई सबैले कार्यान्वयन गरेर चल्नुपर्ने उनले बताइन् । गठबन्धन सरकारले तीनै तहको निर्वाचन गर्ने तर चुनावमा गठबन्धन मिलेरै जान भने आवश्यक नहुने उनको टिप्पणी थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले लोकतान्त्रिक पद्धतिको रक्षाका निम्ति गठबन्धन बनेको उनले उल्लेख गरिन् । संग्रौलाले मुलुकलाई समृद्धिको बाटोतर्फ डोहो¥याउने जिम्मेवारी थप बढेको बताइन् । उनले समृद्धिको लक्ष्य हासिल गर्न कांग्रेस अग्रसर हुनुपर्नेमा जोड दिइन् ।

adv-single
सम्बन्धित समाचार

कवि राम अधिकारीको ‘सपना र छायाहरू’ विमोचित

विराटनगर । शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यकारहरूका बीच विचोचन गरिएको थियो । पुस्तकलाई प्रमुख अथिति प्रा.डा.सुष्मा आचार्य,...

धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

    विराटनगर। काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले...

बंगलादेशमा डेंगुका बिरामी ५० हजार नाघे, २६४ को मृत्यु

    विराटनगर । बंगलादेशी स्वास्थ्य प्राधिकरणले बंगलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ। यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ। डेंगु ज्वरो, संक्रमित एडिस लामखुट्टेको टोकाइबाट...

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ : देउवा

  विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण...

एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजको सम्मान

विराटनगर । एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजले सम्मान गरेको छ । कलेजले एक कार्यक्रक गरी एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी प्रज्जल खड्कालाई सम्मान गरेको हो । खड्काले ३२ औं स्थानमा एमबीबीएसमा नाम निकालेको थिए ।...

सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने :प्रभु साह

  काठमाडौ । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् । काठमाडौंमा आज...

कृषि एम्बुलेन्सले चितवनका किसानलाई राहत

  चितवन । इच्छाकामना गाउँपालिका(२ हपनीका कर्णबहादुर चेपाङलाई अचेल आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन। उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ। इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स...

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...

रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र

  पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...