इटहरीमा जंगली हात्तीको आतंक

इटहरीमा जंगली हात्तीको आतंक

 राष्ट्रिय डेली

विराटनगर।इटहरीमा जंगली हात्तीको बथानले आतंक मच्चाउन थालेको छ । इटहरी २ शान्तिनगरस्थित मानव वस्तीमै जंगली हात्तीको बथान दैनिक आउन थालेपछि स्थानीयबासी रातभर जाग्राम बस्न थालेका छन् ।

भारतबाट आएका हात्तीले मानव बस्तीमा पसेपछि आँफूहरू रातभर जाग्राम बसेको स्थानीय रोशन अधिकारीले बताए ।

उनका अनुसार हात्तीको छावासहित दर्जन बढीको संख्यामा आएका हात्तीले लगातार चारदिनदेखि मानव वस्तीमा पस्न थालेपछि स्थानीय भयभीत भएका छन् ।

‘साँझ ७ बजेदेखि नै हात्तीको बथान आउँछ, हामीले रातभर जाग्राम बसेर हात्ती खेदाउन थालेपनि दैनिकी उस्तै छ,’ अधिकारीले भने, ‘बिहान ४ बजेसम्म ठाउँठाउँमा आगो बालेर हो–हल्ला गरेर हात्ती धपाउने प्रयास गरिरहेका छौँ ।’

स्थानीय सरकार मूकदर्शक बन्दा आँफूहरू अन्धकारमा रातभर जाग्राम बस्न बाध्य भएको उनको गुनासो छ ।

‘वडा क्षेत्रभित्रका अधिकांश बत्तीहरू बल्दैनन्, बिजुलीको पोलमा तारमात्रै झुण्डिएका छन्,’ उनले भने, ‘हामीले वडा कार्यालय र प्रहरी प्रशासनमा जानकारी गराएका छौँ, दैनिक हात्ती मानव वस्तीमा आउँदा समस्या भएको छ ।’

इटहरी क्षेत्रमा अधिकांश ठाउँमा बिजुलीको पोलमा बत्ती नबल्ने हुँदा अन्धकार हुँदै आएको छ । जसकारण रातबिहान हिँडडुल गर्नका लागि पनि समस्या हुने अधिकारी बताउँछन् ।

खासगरी शान्तिनगर सामुदायिक वन क्षेत्रमा पर्ने चारकोसे जंगलबाट हात्तीको बथान आउने उनले बताए । उनका अनुसार यो क्षेत्रमा पर्ने पानीपयादेखि पीपलचौकसम्म २० वटा बत्ती छ । जसमध्ये कुनै बल्दैनन् ।

‘यसअघि हामीले आफ्नै खर्चमा लगाएका थियौँ, वडाका अन्य क्षेत्रमा पनि बत्ती बल्दैन,’ उनले भने, ‘जंगलको क्षेत्रमा त्रास छ, बिहान कलेज, स्कुल जान विद्यार्थीहरूलाई समस्या छ, अहिले जाडोको समय भएकाले हुस्सु पनि लाग्ने हुँदा झनै समस्या हुन्छ ।’

स्थानीय ध्रुव नेपालले रातको १० बजेसम्म एक सय बढी मानिसहरू भेला भएर रुग्ने काम भइरहेको बताए ।

‘रात छिप्पिदैँ गएपछि घरैपिच्छेका युवा जमात निस्केर आगो बाल्दै हात्ती खेदाइरहेका छौँ,’ नेपालले भने, ‘हामीले रातभर रुँगेर अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन, भोलिका दिनमा क्षति हुन नदिनका लागि प्रशासनसँग सहयोग माग गरेका छौँ ।’

उनले हात्ती मानव वस्तीमा पस्न नदिनका लागि प्रशासनसँग माग गरे ।

adv-single
सम्बन्धित समाचार

दुर्घटनाबाट अकल्पनीय क्षति भएको छ: सौर्य एयरलाइन्स

  विराटनगर । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको बताएको छ । विज्ञप्तीमा उल्लेख छ...

कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री हिक्मत...

मेरिल्याण्डमा नयाँ विद्यार्थीहरुलाई स्वागत

विराटनगर– ७ रंगेलीरोडमा रहेको मेरील्याण्ड कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गरेको छ । कलेजले आज एक कार्यक्रमको आयोजना गरेर नयाँ भर्ना भएका ६ सय ३७ जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरग कार्यक्रम गरेको...

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

  विराटनगर। नेप्से परिसुचक आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार...

२४ सय रुपैयाँले घट्यो सुनको मुल्य

विराटनगर । स्थानीय बजारमा आज बिहीबार एकैदिन प्रतितोला २४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बुधवारको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । हिजो...

देशभरमा १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि

  विराटनगर। देशभरमा १६८ जना नयाँ डेंगु सङ्क्रमण पुष्टि भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर १ हजार ८ सय...

प्रहरीहरुको संलग्नतामा तस्करी,अनुसन्धानको प्रक्रियामा छौँ :प्रमुख जिल्ला अधिकारी

  विराटनगर । मोरङका सुरक्षा निकायकै मिलेमतोमा तस्करी मौलाएको विषयमा समाचार प्रकाशित भएपछी सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आज बुधबार छलफल गरेका छन्। तस्करी भईरहेको र विभिन्न संचारमाध्यामहरुमा आईरहेको समाचार...

दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

  विराटनगर। सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको...

सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेश गरेको डेंगु रोग नियन्त्रण...

नेप्से २८ महिनायताकै उच्च

  विराटनगर । साताको तेस्रो दिन मंगलवार नेप्से परिसूचक ३ दशलमव ०२ प्रतिशत बढेर २ हजार ५६३ दशमलव ४३ विन्दुमा पुगेको छ । आज नेप्से ७५.३३ अंकले बढेको छ । सोमबार १३ अर्ब ९१ करोड...

सुनचाँदीको मुल्य स्थिर

विराटनगर । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य स्थिररहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि तोलामा १ लाख ४६...