विराटनगर ÷ नेपाली कांग्रेस विराटनगर–१२ वडा भेलाले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको छ ।
वडा कार्यसमितिले शनिबार आयोजना गरेको कार्यसमिति सदस्य, क्षेत्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधिलगायतको भेलाले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउने गरी अहिलेदेखि नै तयारीमा जुट्ने निर्णय गरेको हो । त्यसका लागि वडाभित्रका ४७ वटै टोल संगठनहरुमा कांग्रेसको संगठन विस्तार गर्ने भएको छ । वडासभापति हरिनारायण यादवले हालसम्म १६ वटा टोल संगठनमा संयोजक तोकिसकेको जानकारी दिए । उनले बाँकी रहेका टोलमा पनि १० दिनभित्र संगठन विस्तार गर्ने बताए । टोल संगठन विस्तारका लागि समन्वयन गर्न उपसभापति अजित सिंहको संयोजकत्वमा समितिसमेत बनाएको छ ।
त्यस्तै मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरूलाई नाम समावेश गराउन लगाउने उनले बताए । भेलामा वडाबाट निर्वाचित हुने पार्टीको महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सदस्यलगायतलाई कांग्रेस महानगर समितिका सभापति दीपक चापागाईं, वडा सभापति हरिनारायण यादव र सचिव ज्ञानेन्द्र खड्काले माला लगाएर सम्मान गरेका थिए । कार्यक्रममा महानगर सभापति चापागाईंले आसन्न तीनै तहको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्ने गरी संगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिए । “हरेक क्रियाशीलले घरमा कांग्रेसको झन्डा राख्न आग्रह गर्दछु,” सभापति चापागाईंले भने, “जसले महानगरभरि कांग्रेसमय हुनेछ । निर्वाचनको माहोलसमेत बन्नेछ ।”
Post Views: 146