काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा चुनाव गर्ने निर्णय गरेको हो।
केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाको स्थानीय चुनावबारे छलफलमा आयुक्तहरूले निर्वाचन जेठ ४ मै गर्न सुझाव दिएका थिए।
आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री देउवाले स्थानीय चुनाव, एमसिसीलगायत विषयमा छलफल गरेका थिए।
प्रतिपक्षी दल एमाले, एमाले भातृ संगठन युवा संघ र अनेरास्ववियुले स्थानीय चुनाव समयमै हुनुपर्ने बताइरहेका थिए। यस्तै सत्तारूढ कांग्रेसभित्र पनि वैशाखमै निर्वाचन गर्नुपर्ने आवाज उठेको थियो।
Post Views: 273