काठमाण्डौं । एक वर्षको अवधिमा साउदीमा रहेको नेपाली दूतावासले ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाएको छ ।
साउदीमा समस्यामा परेका नेपाली महिलाको साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरिएको थियो। उनीहरूलाई दूतावासको सेल्टरमा लामो समय राखेर आवश्यक प्रक्रिया पूरा गरी स्वदेश पठाइएको दूतावासले जनाएको छ ।उनीहरूलाई सन् २०२१ को विभिन्न समयमा उद्धार गरी दूतावासको सेल्टरमा राखेर स्वदेश पठाइएको हो ।
यस्तै साढे दुई वर्षदेखि दूतावासकै सेल्टरमा बसेका वेदबहादुर भुजेलर्ला पनिनेपनल पठायएको दुतावाले बताएको छ ।
ह्वील चियर बस्न पर्ने अवस्थाका बिरामी वेदबहादुरले अस्पताललाई तिर्न पर्ने ८ लाख २३ हजार साउदी रियाल अर्थात झण्डै अढाई करोड रुपैयाँ रकम अस्पतालबाट माफ गराएको छ । उनलाई अस्पतालमा तिर्न पर्ने रकम माफ गराइ नेपाल पठाइएको दुतावाले जनाएको छ ।