विराटनगर । भोली बुधबार ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले नेपाल बन्दको घोषणा गरेका छन् ।
सत्तारुढ गठबन्धनले भोलि संसदमा एमसीसी टेबल गर्ने तयारी गरेपछि ६ पार्टी र २ मोर्चाले त्यसको विरोधमा नेपाल बन्दको घोषणा गरेका हुन ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (विप्लव), नेकपा )ऋषि कट्टेलं), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र समाजवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा भोलि बुधबार नेपाल बन्दको घोषणा गरेको क्रान्तिकारी माओवादी विराटनगर महानगर सेक्रेटरी दामोदर पाण्डेले जानकारी दिए ।
त्यसैगरी ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले फागुन १ गते एमसीसीको बिरोधमा वक्तव्य जारी गरेका थिए । वक्तव्यमा भनिएको छ, “एमसीसी कम्प्याक्टका विरुद्ध नेपाली जनताको देशव्यापी खारेज आन्दोलन चल्दाचल्दै पनि देउवा सरकारले अमेरिकी मालिकको खातिरदारी, आफ्नो राजनीतिक चरित्र र सत्ताको आयु लम्ब्याउन पटक पटक संसदबाट एमसीसी पारित गराउने राष्ट्रघाती र जनघाती हर्कत गरिराखेको छ । नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारका विरुद्ध आगामी फागुन ४ गते पारित गर्ने षड्यन्त्रलाई चक्नाचुर पार्न हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चा घोषित संघर्षको कार्यक्रमलाई सशक्त र हस्तक्षेपमूलक रुपमा सफल पार्नका लागि देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, देशभक्त शक्तिहरु, सच्चा लोकतन्त्रवादीहरु र आम नेपाली जनतामा सक्रिय सहभागिताको लागि विशेष आव्हान गर्दछौं ।”
Post Views: 43