शिव लुईटेल ।
उदयपुर। सामाजिक संजाल मार्फत खरो टिप्पणी साथै बेतिथि बिरुद्ध आवाज उठाउँदै आएका उदयपुरका मनोज पाण्डेलाइ ने.क.पा.(माओवादी केन्द्रं) बेलकाले नगर कमिटी सदस्यमा मनोनीत गरेको छ।
ने.क.पा. (माओवादी केन्द्र) बेलका नगर कमिटीको नगर सचिवालयको प्रथम पुर्ण बैठक नगर कमिटी अध्यक्ष कमरेड मनोज तामाङको अध्यक्षता र प्रमुख अतिथी प्रदेश सदस्य कमरेड रमन भट्टराईको उपस्थितीमा सम्पन्न भएको थियो।
बैठकमा करिब ८ घण्टा लगातार निक्कै मसिनो ढंगबाट घनीभूत रुपमा बेलका नगरका समस्या तथा पार्टीको भावी रणनितीको बारेमा व्यापक रुपमा सबै कोणबाट छलफल तथा बहस भएको थियो ।
बेलकामा साहसी र पार्टीका लागि योग्य युवा भएका कारण उनलाइ नगर कमिटी सदस्यमा मनोनीत गरिएको पार्टिका अध्यक्ष मनोज तामाङले बताए।
बैठकले नगर सदस्यमा कमरेड पाण्डेलाई मनोनीतका साथै पार्टीका नेता ललित राईलाई प्रचार प्रसार बिभाग प्रमुखसंगै पार्टी प्रवक्ताको ज़िम्मेवारी समेत प्रदान गरियो ।
Post Views: 286