उदयपुर । उदयपुरको बेलका नगरपालिका मेयरले बेलकाकै एक स्थानीय युवालाई जेल हाल्ने धम्की दिएका छन् । बुधबार राति फेसवुक लाइभ मार्फत मेयर दुर्गाकुमार थापाले युवा विशाल लिम्बूलाई एक हप्ता भित्रै जेल हाल्ने धम्की दिएका हुन् ।
मेयर थापा असभ्य बनेको र आफनो पदको दम्भ देखाउँदै फेसवुक लाइभमा जथाभावी बोलेको भन्दै उनको सामाजिक सन्जालमा तीव्र आलोचना समेत भईरहेको छ । आलोचना भएपछि उनले आफ्नो फेसवुकमबाट उक्त लाइभ भिडियो हटाए पनि केही स्थानीय युवाहरुसँग भने भिडियो सुरक्षित रुपमा रहेको बेलकाका एक युबाले बताए ।
मेयर थापा चुनावमा उठ्दा ती युवा उनको पक्षमा भोट माग्दै हिडेको र पछिल्लो समय आफुलाई सहयोग नगरेको साथै आफ्नो कार्यहरुको बारेमा तारिफ नगरेको भन्दै मेयर थापाले यस्तो चेतावनी दिएका हुन् ।
Post Views: 25