विराटनगर । समाजसेवा मार्फत आफुलाइ चिनाउन सफल भएका गणेशकुमार शाह राजनितिमा सक्रिय भएका छन् । वि।स २०५९ सालबाट विद्यार्थी राजनितीबाट राजनितिमा प्रवेश गरेका शाह माओवादी पार्टिको जिल्ला कमिटि सदस्य समेत भएका थिए । शाह २०७४ सालदेखी राजनितिबाट टाढा भएर सामाजिक क्षेत्रमा सक्रिय भएका हुन् । समाजसेवा मार्फत जनताको सुख दुखमा सधै साथ दिदै आइरहेका गणेशकुमार शाह अहिले जनता समाजवादी पार्टि नेपाल मार्फत राजनितिमा पुनः प्रवेश गरेका छन ।
गणेशकुमार शाह समाजवादी पार्टी नेपालको सचिवालय सदस्य, मोरड व्यापार संघको उप समिती युवा उद्यमी संघको मनोनित सदस्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरडको कार्य समिती सदस्य, नेपाल वैश्य युवा संघ मोरड अध्यक्ष लगायतका संघ सस्थाहरुमा आवध्द रहि काम गर्दै आइरहेका छन् ।
समाजसेवा मार्फत आफुलाइ चिनाउन सफल भएका शाहले ६ महिना यता जनता समाजवादी पार्टि नेपाल मार्फत आउन लागेको स्थानिय चुनावमा विराटनगर वडा नः ११ को दक्ष वडा अध्यक्षका रुपमा आफुलाइ उभ्याएका छन् ।
विराटनगर वडा नः ११ बाट गणेशकुमार शाहले उमेद्वारी घोषण गरेसंगै ११ नः वडाका स्थानियहरु समेत शाहको समर्थनमा छन् । अन्य जनप्रतिनिधिहरुले जनताका पक्षमा काम नगरेका बेला स्थानिय शाह चुनावी मैदानमा उत्रिएका छन् । समाजसेवामा राम्रो छवि बनाएका र विकास प्रेमी एजेन्डाका कारण शाहले स्थानिय चुनाव जित्ने प्रवल सम्भावना रहेको छ ।
Post Views: 71