एमसीसी पारित हुनु मुलुकको समृद्धिका लागि शुभसंकेत  : अर्याल

एमसीसी पारित हुनु मुलुकको समृद्धिका लागि शुभसंकेत : अर्याल

 राष्ट्रिय डेली

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले अमेरिकी परियोजना एमसीसी पारित हुनु मुलुकको आर्थिक विकास र समृद्धिका लागि शुभसंकेत भएको बताएका छन् ।

विराटनगरस्थित अर्याल निवासमा संवाददातासित कुरा गर्दै अर्यालले संसदबाट बहुमतले एमसीसी पारित हुँदा दातृ राष्ट्रहरूको नेपाललाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुने दाबी गरे । “एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन हुनुले दातृ राष्ट्र र दातृ निकायहरूले नेपाललाई विश्वास गर्ने वातावरण बनेको छ,” अर्यालले भने, ‘यदि एमसीसी अनुमोदन नभएको भए अमेरिकाले त सहयोग रोक्थ्यो नै अन्य दातृ राष्ट्र र संस्थाले पनि सहयोग रोक्थे । अनि त्यसपछिको नेपालको आर्थिक अवस्थाको कल्पना गरौं त के हुन्थ्यो ।’

एमसीसीका बारेमा बढी हल्ला र प्रोपोकाण्ड भएको उनको टिप्पणी थियो । अर्यालले सम्झौतालाई चाँडो कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । एमसीसीजस्तै छिमेकी मुलुक भारत, चीन, ईयू र अन्य दातृ निकायबाट सहयोग ल्याएर मुलुकको समग्र आर्थिक विकास गर्नुपर्ने उनले बताए । वैदेशिक सहयोग बिना मुलुकको विकास असम्भव रहेको अर्यालको कथन थियो । ‘रेमिट्यान्स पनि घट्दो क्रममा छ, हाम्रा उत्पादनमा पनि ह्रास आइरहेको छ,’ पूर्वसांसदसमेत रहेका अर्यालले भने, ‘मुलुकको विकासका लागि वैदेशिक सहयोग लिनुको विकल्प नै छैन ।’

एमसीसी पारित गराउन कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उनको बुझाइ छ । ‘एमसीसीलाई टुंगोमा पुर्याउन कांग्रेसले जुन भूमिका खेल्यो त्यसले पनि नेपाली कांग्रेस यो देशको अभिभावक पार्टी हो भन्ने प्रस्ट भएको छ,’ अर्यालले थपे, ‘देशलाई समस्या पर्दा र अप्ठ्यारो अवस्थामा कांग्रेसले मात्रै समस्या समाधान गर्छ भन्ने पुष्टि भएको छ ।’

एमसीसीमा नेकपा एमालेले दोहोरो चरित्र प्रदर्शन गरेकोमा अर्यालले आपत्ति जनाए । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि एमसीसीका विषयमा दोहोरो चरित्र देखाएको उनको आरोप थियो । ‘सडकमा नेता र कार्यकर्तालाई ढुंगामुडा गर्न लगाउने, टायर बाल्ने जुन सत्तारुढ दलबाटै भयो, त्यो राजनैतिक आचरणभित्र पर्दैन,’ अर्यालले भने, ‘कम्युनिष्टहरूको चरित्र उदाङ्गो भएको छ, आगामी निर्वाचनमा पक्कै जनताले ती दलहरूलाई सजाय दिनेछन् ।’

अर्यालले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसको बहुमत आउने ठोकुवा गरे । कांग्रेसलाई विजयी बनाउन विगतका तिक्ततालाई भुलेर संगठन निर्माणमा लाग्नुपर्नेमा केन्द्रीय सदस्य अर्यालले जोड दिए । उनले अब सबै मिलेर मुलुकको आर्थिक विकास र समृद्धिमा लाग्नु आवश्यक रहेको औंल्याए ।

adv-single
सम्बन्धित समाचार

कवि राम अधिकारीको ‘सपना र छायाहरू’ विमोचित

विराटनगर । शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यकारहरूका बीच विचोचन गरिएको थियो । पुस्तकलाई प्रमुख अथिति प्रा.डा.सुष्मा आचार्य,...

धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

    विराटनगर। काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले...

बंगलादेशमा डेंगुका बिरामी ५० हजार नाघे, २६४ को मृत्यु

    विराटनगर । बंगलादेशी स्वास्थ्य प्राधिकरणले बंगलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ। यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ। डेंगु ज्वरो, संक्रमित एडिस लामखुट्टेको टोकाइबाट...

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ : देउवा

  विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण...

एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजको सम्मान

विराटनगर । एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजले सम्मान गरेको छ । कलेजले एक कार्यक्रक गरी एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी प्रज्जल खड्कालाई सम्मान गरेको हो । खड्काले ३२ औं स्थानमा एमबीबीएसमा नाम निकालेको थिए ।...

सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने :प्रभु साह

  काठमाडौ । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् । काठमाडौंमा आज...

कृषि एम्बुलेन्सले चितवनका किसानलाई राहत

  चितवन । इच्छाकामना गाउँपालिका(२ हपनीका कर्णबहादुर चेपाङलाई अचेल आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन। उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ। इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स...

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...

रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र

  पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...