हस्तान्तरण नहुँदै भासियो सडक

हस्तान्तरण नहुँदै भासियो सडक

 राष्ट्रिय डेली

विराटनगर।सप्तरीको राजविराज–कुनौली सडकखण्ड निर्माण सकिएर हस्तान्तरण नहुँदै भासिन थालेको छ । बेल्हीस्थित राजविराज भन्सार कार्यालय अगाडि करिब ५ मिटर सडक भासेर ठूलो खाल्डो नै भइसकेको छ । अन्य स्थानमा कालोपत्र उप्किन सुरु भएको छ ।

हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीमार्फत कन्छाराम कन्स्ट्रक्सनले निर्माण गरेको उक्त सडक कमसल बनाइएको भन्दै स्थानीयले विरोधसमेत जनाएका छन् । सडक निर्माणका लागि सम्झौता गरिएको समय गत चैतमै सकिएको थियो । काम सकेपछि निर्माण कम्पनीले रकम भुक्तानीका लागि बिलसमेत पेस गरिसकेको छ ।

तर, भुक्तानी भने भइनसकेको हुलाकी राजमार्ग आयोजना इटहरीका इन्जिनियर सञ्जयकुमार ठाकुरले बताए । ‘छेउमा नदी भएकाले सडक भासिएको हो,’ ठाकुरले भने‘त्यहाँ पर्खाल लगाउनुपर्ने हुन्छ ।’ सडक निर्माणका लागि निर्माण कम्पनीले ४१ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ११ किलोमिटर लम्बाइको उक्त सडक निर्माण सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

तर, दुई लेयरमा अलकत्रा हालेर गिटी हाली सडक बनाउनुपर्नेमा एक लेयर मात्र बनाइएको छ । डबल विटुविन सर्फेस ट्रिटमेन्ट ९डिबिएसटी० अन्तर्गत दुई लेयरमा अलकत्रा हाली गिटी हालेर सडक निर्माण गर्नुपर्ने थियो । यसअघि आयोजनाले पनि निर्माण कम्पनीलाई उप्किएको स्थानमा मर्मतसम्भार गर्न भने पनि निर्माण कम्पनीले अटेर गर्दै आएको छ ।

निर्माण कम्पनीले ८० प्रतिशतभन्दा बढी भुक्तानी लिइसकेको छ । बाँकी भुक्तानीका लागि पनि उसले आयोजनामा ताकेता गरिरहेको छ । भारतसित जोड्ने सप्तरीको मुख्य नाका कुनौली सडक वर्षौंदेखि जीर्ण थियो । वर्षौपछि निर्माण भए पनि सडक उप्किन थालेपछि स्थानीयले कामको गुणस्तरियतामाथि प्रश्न उठाएका छन् । यसअघि सोही सडकको निर्माणमा ९० लाख रुपैयाँ नियमविपरीत खर्च भएको महालेखा परिक्षकले ठहर गरेको थियो ।

adv-single
सम्बन्धित समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेलमा नेपाल विजयी

काठमाडौँ । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’ लाई चार...

आज सार्वजनिक हुँदैछ डीभीको नतिजा, कसरी हेर्ने ?

विराटनगर । अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको नतिजा आज सार्वजनिक हुँदैछ । नेपाली समयअनुसार आज राति ९ बजे नतिजा सार्वजनिक हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । डीभी भर्दा प्राप्त कम्फर्मेसन नम्बरका आधारमा डीभी...

नमुना विद्या मन्दिरमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत

विराटनगर । विराटनगर–८, मधुमारास्थित नमुना विद्या मन्दिरले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ । स्कुलले शुक्रबार एक कार्यक्रम आयोजना गरी शैक्षिक सत्र, २०८१ का लागि नर्सरीदेखि कक्षा ९ सम्म नयाँ भर्ना भएका १५७ जना...

प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङ र न्यूरो कार्डियो मल्टिस्पेशलिटी हस्पिटल विराटनगरबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल र हस्पिटलका तर्फबाट अपरेशनल डिरेक्टर राजेश भट्टराईले...

आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि ‘विन्डहक घोषणापत्र’ जारी...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

कहिले होला इन्टरनेटमा देखिएको समस्या समाधान

विराटनगर । भारतीय कम्पनी एअरटेलले भुक्तानीका लागि पटक पटक ताकेता गर्दा पनि नेपाली कम्पनीहरूले शुल्क बुझाउन नसकेपछि केही इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा समस्या आएको छ । आज अपरान्हदेखि देखिएको समस्या कहिले समाधान हुन्छ भन्ने एकिन...

राष्ट्रपतिलाई बुझाइयो उपनिर्वाचनको प्रतिवेदन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले...

काठमाडौं बन्यो विश्वको सबैभन्दा प्रदूषित सहर

काठमाडौँ । काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर...

प्रविधिको क्षेत्रमा योगदानले सेन्ट जोसेफलाई 'टेक्नोलोजी एक्सेलेन्स अवार्ड'

विराटनगर । विराटनगरस्थित सेन्ट जोसेफ स्कुलले विश्वप्रसिद्ध ‘टेक्नोलोजी एक्सेलेन्स अवार्ड’ प्राप्त गरेको छ । २०३४ सालमा स्थापित पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था सेन्ट जोसेफले प्राविधिक शिक्षामा दिएको विशेष योगदानबापत उक्त अवार्ड पाएको हो । प्रविधिको...

सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका...

तुवाँलाेले 'भिजिबिलिटी' नपुग्दा बन्द पोखरा विमानस्थल खुल्यो

काठमाडौँ । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । ‘विगत चार...