विराटनगर।कोसी राजमार्गबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अटो चालक इटहरी उपमहानगरपालिका ११ का ३७ वर्षीय महमद हजरत अली, अटोमा सवार इटहरी १३ का १९ वर्षीय आकाश पटेल, २७ वर्षीय आसिस पटेल, इटहरी १२ का २७ वर्षीय अरुणकुमार सरदार र देवानगन्ज गाउँपालिका ५ का २३ वर्षीय मिथिलेश यादव छन्।
सुनसरीको दुहबी नगरपालिका ३ बाट बिहीबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
इटहरीबाट विराटनगर आउँदै गरेको को२ह ३०४४ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा १७ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरू अटोमा गाँजा लोड गरेर विराटनगर जाँदै थिए।