विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका १० जिरिखिम्तिस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले सोही ठाउँतर्फ आइरहेको मे ७ प ७५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा दमक ४ बस्ने ३० वर्षीय विशाल सिटौलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर उर्लाबारी पठाएकोमा उपचारको बिहीबार साँझ ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी बेलबारी नगरपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक रहेको खुलेको छ । पिकअप चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
पिकअप तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Post Views: 5