विराटनगर । प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा चार वटा स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज विराटनगर जुट मिल र डिग्री कलेजको खेल मैदानमा भएको खेलमा शिक्षा सन्देश, सनरे, जनक मेमोरियल र भूपु सैनिक स्कुल सेमिफाइनलमा पुगेका हुन् ।
पहिलो खेलमा बाल्मिकी स्कुललाई १–० गोलले हराउँदै सनरे स्कुल विजयी भएको छ । सनरेका जिवन यादवले निर्णाय गोल गरेका थिए ।
दोस्रो खेलमा विद्या ज्योती स्कुललाई ४–१ गोलले हराउँदै जनक स्कुल सेमिफाइनलमा पुगेको हो । जनकको तर्फबाट योगेश चौधरी, अनिष माझी, बिनोद सरदारले गोल गरे । विद्या ज्योतीका युनिक राईले सान्तवना गोल फर्काएका थिए ।
यस्तै आजै भएको तेस्रो खेलमा ब्राइट फ्यिुचरलाई २–० गोलले हराउँदै शिक्षा सन्देश सेमिफाइनलमा पुगेको छ । शिक्षा सन्देशका सन्देश दास र आषिस मगरले १–१ गोल गरेका थिए ।
चौथो खेलमा पथरीको भूपु सैनकि स्कुलले बेलबारीको सिंहदेवी स्कुललाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । भूपु सैनिकका सन्जोग रसाइलीले निर्णायक गोल गरेका थिए ।
Post Views: 2