विराटनगर । प्याब्सन स्पोट्र्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुल फाइनलमा पुगेको छ ।
सनरे स्कुल जुनियरतर्फबाट र हरैँचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको हो । जुनियरतर्फ विराटनगर जुटमिलको खेदमैदानमा शनिबार भएको पहिलो समेफिाइनल खेलमा ग्रामथान गाउँपालिकाको जनक मेमोरियल स्कुललाई २–० गोलले हराउँदै सनरे स्कुल फाइनलमा पुगेको हो ।
जितको लागि सनरेको तर्फबाट अनोज खवास र जिवन यादवले १ –१ गोल गरे । म्यान अफ द म्याच सनरेका अनोज खवास घोषित भए ।
यसैगरी सिनियरतर्फ शनिबार भएको पहिलो सेमिफाइनल खेलमा पथरीको भूपु सैनिक स्कुललाई २–० गोलले हराउँदै हरैँचा मोडल स्कुल फाइलनमा पुगेको छ । हरैँचा मोडलको तर्फबाट एलेन श्रेष्ठ र आकाश गिरीले १ –१ गोल गरे । म्यान अफ द म्याच हरैँचा मोडलका एलेन श्रेष्ठ घोषित भए ।
अहिले सेनिय र जुनियरतर्फको दोस्रो सेमिफाइनल खेलहरू विराटनगर जुटमिलको खेलमैदानमा भइरहेको छ ।
Post Views: 3