विराटनगर । प्याब्सन स्पोर्टस् मिट अन्तरगत आज भएको भलिबल प्रतियोगितामा सिनियर र जुनियर गरि ६ वटा स्कुल फाइनलमा पुगेका छन् ।
सिनियर प्लस टु छात्रतर्फ विराटनगरको कान्तिपुर र सुन्दरहरैँचाको सिद्धार्थ स्कुल फाइनलमा पुगेका छन् ।
प्लस टु छात्रातर्फ कान्तिपुर र पथरीको एभरेष्ट स्कुल भलिबलको फाइनलमा पुगेका छन् ।
कान्तिपुरले ब्राइट फ्यूचर स्कुललाई पराजित गरी फाइनलमा पुगेको हो । एभरेष्टले सिद्धार्थ स्कुललाई पराजित गरी फाइलनमा पुगेको हो ।
जुनियर कक्षा १० सम्म भएको भलिबल छात्रातर्फ बुढीगंगाको मोरङ पब्लिक र इन्द्रपुर नमूना स्कुल फाइनलमा पुगेका छन् । मोरङ पब्लिकले ग्रामथानको सारदा स्कुललाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । इन्द्रपुर नमूनाले राष्ट्र निर्माण स्कुललाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भयो ।
Post Views: 11