विराटनगर । युक्रेनको राजधानी किभमा बिहीबार शृंखलाबद्ध बिस्फोटहरु गराइएका छन् । पाँच ओटा स्थानमा शंखलाबद्ध बिस्फोटहरु भएका थिए । तीमध्ये दुई शक्तिशाली बिस्फोटहरु युक्रेनको राजधानी सहरमा भएका थिए ।
युक्रेनको राजधानी किभमा बिहीबार शृंखलाबद्ध बिस्फोटहरु गराइएका छन् । रुसी सेनाले गराएका ति बिस्फोटका कारण राजधानीवासी आतंकित बनेका थिए । एक बिहानै पाँच ओटा स्थानमा शंखलाबद्ध बिस्फोटहरु भएका थिए । तीमध्ये दुई शक्तिशाली बिस्फोटहरु युक्रेनको राजधानी सहरमा भएका थिए ।
त्यस लगत्तै दुई ओटा बिस्फोटहरु मेट्रो स्टेसनहरुमा गराइएका थिए । अर्को बिस्फोट राजधानी नजिकै भएको थियो । हवाई आक्रमणका साइरहनहरुले सहरमा थप त्रास सृजना गरिरहेको छ ।
रुसी हमलाको आज नवौ दिन पनि रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा मिसाईल तथा बम प्रहार गरिरहेको छ । सेनाले प्रहार गरेको मिसाइल हमलामा राजधानीमा रहेको एउटा विश्वविद्यालय पूर्णरुपमा क्षति भएको छ ।
Post Views: 1