विराटनगर । युक्रेनका रुसले युक्रेनका दुई सहरमा युद्धविरामको घोषणा गरेको छ। रुस र युक्रेनबीच जारी युद्धको दसौं दिनमा रसियाले युद्धविरामको घोषणा गरेको छ।
रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्कोको समय १० बजे देखि आक्रमण रोक्न बताएको छ। मानिसहरूलाई मद्दत गर्न मानवीय कोरिडोरहरू खोल्न सकियोस् भनेर उक्त कार्य गरिएको हो।
यस मार्फत, मारिउपोल र भोल्नोभाखा सहरका नागरिकहरूलाई मद्दत गरिनेछ। रुसी सरकार समर्थित मिडिया स्पुतनिकले पनि यो युद्धविराम ६ बजेदेखि लागू हुने र यस अवधिमा सर्वसाधारणलाई सहयोग गर्न मानवीय करिडोर खोलिने जानकारी दिएको समाचार बीबीसीमा छ।
युक्रेनको धेरैजसो क्षेत्रमा विनाशकारी मानवीय संकटको आशंका व्यक्त गरिएको बेला युद्धविरामको घोषणा गरिएको हो। किभ, खार्किभ, सुमी, चेर्निगोभ र मारिउपोल सहरहरू सबैभन्दा बढी युद्ध प्रभावित भएका छन्।
Post Views: 1