गाईको शोकमा किरिया

गाईको शोकमा किरिया

 राष्ट्रिय डेली

चितवन ।  चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन्।

उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका थिए । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ ।

उनी विगत नौ दिनदेखि हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसेका छन् । उनले भने, “गौशालामा पालिएका गाई आफ्नो माता समान हुन् । गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको छ । गाईको सेवामा नै जीवन बिताउने छु । ”

योगी नरहरिनाथले कोटीहोम गरेको सो स्थानमा चितवनकै माडीबाट स्थानीय जातको गाई ल्याएर राखिएको थियो । यसपछि उनका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आइरहेका छन् । गौ संरक्षण केन्द्रमा हाल करिब २०० को हाराहारीमा गाई संरक्षण गरेर राखिएको सो केन्द्रका संयोजक रामप्रसाद वस्तीले बताए ।

गाईले दूध दिने बेलासम्म घरमा पाल्ने र दूध दिन छाडेपछि बूढो भएपछि गाईलाई छाडा छाड्ने कारणले स्थानीय प्रजातिको गाईको संरक्षणमा चुनौती थपिएको उनको भनाइ छ ।

adv-single
सम्बन्धित समाचार

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही गरिने

विराटनगर । कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । तत्काल गर्न सकिने काम सरसफाई नै भएको कारण अहिलेलाई सरसफाईमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ । संवाद समुहको आयोजनामा...

आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीका अनुसार पानी पिउने यो नियम अपनाउनुस्, हुनेछ मिर्गौला स्वस्थ

  विराटनगर । आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीका अनुसार आयुर्वेदमा पानी पिउने सही समय र मात्राको उल्लेख पाइन्छ । सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ । तर गलत तरिकाले, गलत समयमा...

२१ जेठमा रातो मच्छिन्द्रनाथको भोटो देखाइने

विराटनगर । ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए । उनका अनुसार...

उदयपुरको त्रियुगा–१२ मा फेरि मतदानको माग गर्दै

प्रदेश १ को उदयपुरस्थित त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा फेरि मतदानको माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदै छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको...

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

मोरङ। मोरङको जहदा गाउँपालिका-२ का दिनेश कुमार राजभरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जेष्ठ ६ गते राती ९ बजे घरायसी विबादका कारण ४३ बर्षीय राजभरले आफ्नै श्रीमती ३५ बर्षीया गीता देवी...

बसको ठक्करबाट २ जनाको मृत्यु

झापा। झापाको शिवसताक्षी नगरपालिका–१ स्थितमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज बिहान साँढे ७ बजे पुूर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ७१४९ नबम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को–१ ख ७१८७...

सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फररर

विराटनगर / विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ । नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो । जाम्बियाका लागि नेपालका...

राप्रपाले मेयर कोइरालालाई पाँच वर्षसम्मै सहयोग गर्ने

विराटनगर / विराटनगरको समृद्धि र विकासका लागि नवनिर्वाचित मेयर नागेश कोइरालालाई राप्रपा मोरङले सहयोग गर्ने भएको छ । कोइरालाले अघि सारेका एजेण्डाले विराटनगरवासीको विकास र समृद्धिको चाहना पूरा हुने निष्कर्षसहित राप्रपाले समर्थन गर्ने निर्णय गरेको...

बालेनले भने – विजयी जुलुस नगरौं, आफू रहेकै ठाउँमा धन्यवाद र्‍याली गरौं

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जित–हारको रुपमा नहेर्न अपील गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न...

दोलखामा युवकको शङ्कास्पद मृत्यु

दोलखाको गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ । नेपाली काँग्रेस वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो । मङ्गलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज...

पीडितले न्याय पाउने कि तिरस्कार ?

रिजा कार्की बलात्कारका घटना पहिले पनि घट्थे अहिले पनि घटिरहेका छन्। पछिल्लो समयमा आएर लुकेका घटना बाहिर आउन थालेका मात्र हुन्। मानिसमा अन्याय विरुद्ध आवाज उठाउनु पर्छ र न्याय पाइन्छ भन्ने आशा बढेका कारण घटना...

एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख

नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली काँग्रेसले भने ३२२ पालिका प्रमुख तथा अध्यक्ष...