काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा पार्टीको कलम चुनाव चिह्नले कमाल गर्ने दाबी गरेका छन् ।
होलीको अवसरमा विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिह्नले कमाल गर्ने र पार्टीको सामथ्र्य शक्ति चुनावको मैदानमा देखिने बताएका हुन् ।
त्यस्तै उनले आफूहरुको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने समेत स्पष्ट पारे । आगामी निर्वाचनमा फैसाला गर्ने अधिकार जनतालाई दिएको भन्दै प्रतिगामी भूमिका खेल्नेहरु पराजित हुने उनले बताए ।
अध्यक्ष नेपालले समाजवादको बाटोमा अघि बढ्न चाहेको भन्दै यसलाई अवरोध गर्न दक्षिणपन्थी बिचलन देखा परेको बताए । उनले जिम्मेवार भएर समाज रुपान्तरणको भूमिका खेल्न सञ्चारमाध्यमलाई आग्रह गरे ।
Post Views: 223